Naya Media
मङ्लबार, अशोज ७, २०८२
| | September 23, 2025
मङ्लबार, अशोज ७, २०८२

सांसद भन्डारी देखि पुर्व प्रधानमन्त्री देउवा सम्म डेलिगेसन पुर्याएकै हुँ- प्रवक्ता ‘एन्जल’

User Photo
बुधबार, फाल्गुन १५, २०७५

आज फाल्गुन १५, गोकुलेश्वोर कृषी तथा पशु बिज्ञान कलेज बैतडीमा भएको ऐतिहासिक स्वबियु निर्बाचनमा सबै भन्दा बढी मत ल्याइ बिजयी भएर सपत खाएको ठ्याक्कै २ बर्ष पुगेछ।

सर्बप्रथम त फेरि पनि भन्न चाहान्छु कि मलाइ यति धेरै माया गरेर भोट दिनुहुने मेरा शुभचिन्तक दाइदिदिहरु अनि साथिहरु सबैमा हार्दिक आभारी छु।

सबैभन्दा बढी मत र प्रस्तुती राम्रो भएकोले गर्दा होला सभापती राजेन्द्र बम दाइ लगायत सम्पुर्ण कार्यसमितीबाट सर्बसम्मत रुपमा म प्रबक्तामा मनोनित भए। जिम्मेवार पदमा भैसकेपछी कलेजको आन्तरिक शैक्षिक सुधार अनि प्राबिधिक सुधारका कुराहरु त छदै छन तर मेरो सोच अझै फराकिलो थियो।

सायद म प्रबक्तामा मनोनित भएकै साझ मैले एउटा खुल्ला आह्वान सामाजिक संजालमा पोस्ट गरेको थिए, सभापती राजेन्द्र बम दाइ बाट पनि केही शाब्दिक प्रसंशा पाएको थिए ।

IAAS अन्तर्गतका कलेज मा अन्तरकलेज स्तरिय फुट्बल प्रतियोगिता हुन पर्छ भनेर । बिबिध कारण बस हामिले गर्न सकेनौ तर स्वबियु लम्जुङ्गले सम्पन्न गर्यो।

यति मात्र हैन कलेजको सर्बाङ्गिण बिकासका लागि सभापती राजेन्द्र बम ज्यु दुइ पटक काठमान्डौ जानुभयो। यातायात तथा बाटो ब्यबस्थापनका लागि तत्कालिन यातायात मन्त्री रमेश लेखक सामु डेलिगेसन बुझाउनु भएकै हो। बिधुत, टेलिफोन सेवाको लागि तत्कालिन सन्चार मन्त्री गौरीशंकर थारु सामु पनि पुग्नु भएकै हो।

शैक्षिकस्तर सुधारका लागि तत्काली शिक्षामन्त्री धनिराम पौडेल समक्ष पनि डेलिगेसन पत्र बुझाउनु भएकै हो। सभापती ज्युको यो उदारहणिय काम प्रती हामी आभारी छौ। तर म काठमाण्डाै नै जाने अवसर त पाएन तर सम्बन्धित ब्यक्तिहरुलाइ यथास्थानमा भेटेर सम्बन्धित कुरा राखेकै हु।

नेकपा बाट निर्बाचित प्रतिनिधि सभा सदस्य माननीय दामोदर भन्डारिलाइ उहाकै गृहनगरमा भेटेरै प्रस्ताब राखेको थिए। दार्चुलामा रहेको चमेलिय जलबिधुत आयोजना उद्घाटन गर्न आउनु भएका तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष पनि लिखित दस्ताबेज पुर्याएकै हु।

बुझाए लगत्तै तत्काल यो बारे बुझ्न डिन तिर्थ खनियालाइ फोन गर्न आफ्ना स्वकिय सचिव भानु देउवालाइ आग्रह गरी फोन गर्नुभएको थियो ।सायद अहिले त्रिबिमा यो प्राबधान छैन भनेर उताबाट प्रतिक्रिया आयो होला । अनि सुदुरपश्चिम विश्वविद्यालयबाट आङ्गिक बनाउने कुरा उठाउनु भयो तर त्यो हामिलाइ मान्य थियन। र पनि केही झिनो आशा देखाएर जानुभयो।

सायद कार्यकाल सकिदै थियो, राजिनामा भाषण अन्तिम सम्म सुने कतै गोकुलेश्वोर कृषी कलेजको नाम आउँछ कि भनेर तर आएन। आशाका बिन्दुलाइ मार्न निराशाका कटाक्ष धेरै आए यद्यपि मनमा एककिसिमको लगाव थियो र सम्पुर्ण बिधार्थिहरुले दिनुभएको भारिलो जिम्मेवारी पनि।

कलेजभित्रका आन्तरिक कुरामा धेरै उतारचढाब आए । यो कार्यकालमा कलेज शुल्क देखि WIFI सम्म । अनि विधार्थिहरुका मनोभाव अनि मर्मलाइ बुझेर समस्या सामाधान गरिदिने कलेज प्रशासन प्रती हार्दिक आभार प्रकट गर्दछु।

कलेजले बिधार्थिलाइ कहाँ कुन कुरामा सेवा सुविधा दिनपर्छ, भन्ने कुरामा बढी समय खर्चिनु भन्दा बिकेद्रिन्त सरकारले कलेजलाइ कुन कुरामा सहयोग गर्न पर्छ भन्ने म सोच्दथे । किनकी, आन्तरिक कुरा सामाधानका लागि सशक्त नेबिसंघ, अखिल अनि क्रान्तिकारीहरु छन किनकी म पनि स्ववियु छु।

यो दुई बर्षमा धेरै धाइयो कलेजका लागि कति सफल भए भएनन् तर एउटा कुराले सधै घमन्ड गर्ने छु, कि बैतडीमा पनि कृषी कलेज छ । जसको नाम “गोकुलेश्वोर कृषी तथा पशु बिज्ञान कलेज” हो भनेर चिनाउने मौका पाएको छु। अब यसपछी को नेतृत्व लिने साथिभाइहरुलाइ सहज छ वातावरण।

र अन्तमा एउटा कुरा भन्छु, यदि पढ्नै पर्ने भए भोलि प्रोढ शिक्षा पढुला तर यो समयमा जिम्मेवारी पाएको बेला जस्तो सुकै परिस्थिती सङ्ग लडेर पनि जिम्मेवारी पूरा गरेको छु र सधै गर्नेछु। जय नेपाल

  • महेश मगर ” एन्जल”


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.