Naya Media
मङ्लबार, अशोज ७, २०८२
| | September 23, 2025
मङ्लबार, अशोज ७, २०८२

धेरै कम्प्युटरमा बस्नेलाई ढाड दुख्ने समस्या, याे समस्याबाट कसरी छुटकारा पाउने ?

User Photo
मङ्लबार, अशोज १६, २०७५

गलत तरिकाले उठ्ने बस्ने गर्दा, लामाे समय कम्युटरमा बस्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ ।

त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् ।

ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।

धेरैजसो ५० वर्षतिरका मानिसमा, शारीरिक कमजोरी भएका अनि शरीरमा भिटामिन डी र क्याल्सियमको कमी बेहोरिरहेका मानिसमा यस्तो समस्या हुन्छ । यस्तो समस्या देखिनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुस् ।
ढाडको समस्या हुँदा केही घरेलु उपाय पनि अपनाउन सकिन्छ ।

शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खानुस् । दिनदिनै दुई गिलास दूध अवश्य पिउनुस् । अनि दिनदिनै बिहान घाममा आधी घन्टा बस्ने गर्नुस् ।

लसुनका एन्टीसेप्टिक गुणले पीडा कम गरिदिन्छन् । एक जारमा ४०० ग्राम लसुनलाई मसिनो गरी काटेर एक लिटर काँचो सूर्यमुखी तेल हालेर भाँडोलाई मज्जाले बन्द गरिदिनुस् । यो भाँडोमा घाम पर्न नदिनुस् र दिनदिनै यसलाई
हल्लाउनुस् । पछि यसलाई छानेर तेल निकाल्नुस् र दुई महीनासम्म दिनदिनै बिहान बेलुका मालिश गर्नुस् ।

मनतातो पानीमा सीधे नून हालेर नुहाउनुस् । यसले आराम दिन्छ ।

तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खानुस् । यसले पनि ढाड दुख्नबाट जोगाउँछ ।

जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खानुस् । यसो गर्दा पनि ढाड दुख्ने समस्या केही दिनमा निको हुन्छ ।

एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खानुस् । आराम हुन्छ ।

तातो पानीले सेक्दा पनि पीडाबाट मुक्ति पाइन्छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.