Naya Media
बुधबार, अशोज १, २०८२
| | September 17, 2025
बुधबार, अशोज १, २०८२

एक महिनामा मात्रै विदेशबाट आयो १७४ जना नेपालीको शव

विमानस्थलान हरेक दिन आइपुग्छन ४ देखि ५ जनाको लाश

User Photo
आइतवार, भदौ ८, २०८२
काठमाण्डौ ।

वैदेशिक रोगजारीका लागि विभिन्न देशमा रहेका नेपालीहरूको मृत्यु कहालीलाग्दै बन्दै गएको छ । धन कमाउने र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर जाने नेपालीहरू लाश बनेर बाकसमा आउने गरेका छन् । पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो ।

भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक दिन सरदरमा ४ देखि ५ जनाको शव आउने गरेको छ । कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेकाहरूको तथ्यांक हो ।

प्रहरीले मुचुल्का उठाएर सम्बन्धित परिवारलाई बुझाएको तथ्यांक हेर्दा एक हजार ४०१ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८२ मा एक हजार ४५५ जनाको मृत्यु भएको थियो ।

# नेपालीको शव # रोजगारी # वैदेशिक रोजगारी

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.