Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

कक्षा ११ को लब्धांक अबदेखि विद्यालयले नै दिने

दूरी कायम गरी अनिवार्य परीक्षा संचालन गर्नुपर्ने

User Photo
मङ्लबार, साउन १३, २०७७
काठमाण्डाै ।

कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यन्वयनमा ल्याएको कक्षा ११ को परीक्षा सञ्चालन, ब्यवस्थापन, मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ ले कक्षा ११ को परीक्षाको सञ्चालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यालयलाई दिएको हो ।

कार्यविधिको परिच्छेद ७ मा ‘संक्रमणकालीन ब्यवस्थाको’ लागि गरिएको ब्यवस्थामा कक्षा ११ को परीक्षा अनिवार्य रुपमा संचालन गर्नुपर्ने छ । कक्षा ११ को परीक्षा एसइईको भन्दा विल्कुल फरक छ । एसइईको परीक्षा विद्यालयले आन्तरिक मूल्याँकनबाट गरेको छ भने कक्षा ११ मा स्कुलहरुले दूरी कायम गरी अनिवार्य परीक्षा संचालन गर्नुपर्ने छ ।

कार्यविधिमा गरिएको ब्यवस्था अनुसार विद्यालयको हेडमास्टरको संयोजकमा विषयगत शिक्षक, र कक्षा शिक्षक गरी तीन सदस्यीय परीक्षा तथा प्रमाणीकरण समितिनै गठन गरिनु पर्ने ब्यवस्था छ । यो समितिले राष्ट्रिय परीक्षा बोर्डाको सम्बन्धित कार्यालयबाट परीक्षार्थीहरुको प्रवेशपत्र, ट्रिप्लिकेटलगाएतका अन्य विवरणहरु प्राप्त गर्नुपर्ने हुन्छ ।

यही समितिले प्रश्नपत्र निर्माण, उत्तरकुन्जिका निर्माण, उत्तपुस्तिका छपाई, परीक्षण, समपरीक्षण, टेबुलेसन, ग्रेडिङ गर्ने, नतिजा प्रकासन र लब्धाँक उपलब्ध गराउनेसम्मको काम गर्ने कार्यविधिले तय गरेको छ । बोर्डले तोकेको समयावधिभित्र (ढिलोमा विसं ०७८ सालको बैशाख/जेठ महिनामा सञ्चालन हुने कक्षा १२ को परीक्षा आवेदन फारम भर्नु पूर्व ) विद्यालयको अनुकुलताका आधारमा समाजिक दूरी कायम गरी परीक्षा अनिवार्य सञ्चालन गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

संविधानले नै कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरिसकेकोले अब विद्यालय शिक्षाको अन्तिम तह भनेको कक्षा १२ कायम गरिएकोले बोर्डले अगामी शैक्षिक सत्रदेखि नै लागु हुने गरी कक्षा १२ को अन्तिम परीक्षा मात्र संचालन गर्ने १२ को परीक्षा नियन्त्रण कृष्ण शर्माले बताए । ‘एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्ने ब्यवस्था कार्यविधिले गरीदिएको छ,’नियन्त्रक शर्माले नागरिकसँग भने‘एसइईमा आन्तरिक मूल्याँकनबाटै विद्यालयले परीक्षाको नतिजा पठाएको आधारमा बोर्डले लब्धाँक उपलब्ध गराउने हो भने कक्षा ११मा विद्यालयले बोर्डको सबै जिम्मेवारी पुरा गर्नु पर्छ ।’ उनले थपे ‘लब्धाँक मात्र होइन, पुनर्योग र ग्रेडबृद्धि परीक्षा समेत विद्यालयको उक्त परीक्षा समितिले नै संचालन गर्ने अधिकारी कार्यविधिले तय गरिसकेको छ ।’

परीक्षा संचालन गर्दा एकै दिन सिफ्टका आधारमा एउटै विषयको सञ्चालन गर्दा फरक पश्नपत्रबाट परीक्षा सञ्चालन गर्नुपर्ने छ ।

उनले यो ब्यवस्था अब सधैंको लागि कार्यन्वयन हुने स्पष्ट पारे । यसकासाथै नियन्त्रक शर्माले ०७८ सालमा समेत विद्यालयहरुले प्रश्नपत्र तयार पार्दा नयाँ कार्यन्वयनमा आएको पाठ्यक्रम अनुसारै बनाउनु पर्ने बताए । विद्यार्थीको सम्पुर्ण विवरण विद्यालयहरुले बोर्डमा पठाउनु पर्ने छ ।

‘बोर्डका प्रदेश/शाखा कार्यालयहरुले कक्षा ११ को परीक्षामा सहभागी हुने नियमित विद्यार्थीहरुको रजिष्ट्रेशन नम्बर, सिम्बोल नम्बरसहितको नाम/नामेसी विद्यालयहरुलाई उपलब्ध गराउनु पर्ने छ,’ नियन्त्रक शर्माले नागरिकसँग भने ‘परीक्षा सञ्चालनको समयमा अनुगमन, निरीक्षण, प्रश्नपत्र निर्माण, उत्तरकुन्जिका निर्माण, उत्तरपुस्तिका परीक्षणजस्ता कार्यमा सहजिकरण गर्ने ब्यवस्था कार्यविधिले तोकिदिएको छ ।’ उनले थपे ‘बोर्डले कक्षा ११ को परीक्षामा सहभागी हुने परीक्षार्थीले तोकिएको न्यूतम ग्रेड प्राप्त गरे/नगरेको तथा तोकिएको नियम अनुसार विषय छनोट गरे÷नगरेको समेत रुजु गरी एकीन भएमा मात्र कक्षा १२ को प्रमाणपत्र प्रदान गर्ने छ ।’

कक्षा ११को परीक्षा संचालन मापन्डले तोके अनुसार ०७७ सालको नियमित परीक्षार्थीको रुपमा आवेदन फारम भरेका परीक्षार्थीहरुका लागि २०७८ सालको बैशाख/जेठ महिनामा संचालन हुने कक्षा १२ को परीक्षा आवेदन फारम भर्नु पूर्व परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ । ‘कार्यविधि कार्यन्वयन भएपछि नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि हरेक वर्षको जेठ महिनाको तेस्रो सातादेखि परीक्षा सञ्चालन गरी असार मसान्तसम्म नतिजा प्रकाशन गरिसक्नु पर्छ ।

कार्यविधिले गरेको ब्यवस्था अनुसार परीक्ष केन्द्र विद्यालयमै हुनु पर्ने, सिटप्लान गर्दा एउटा बेञ्चमा दुईजना मात्र बस्न पाइने, बोर्डले तोके अनुसारको परीक्षा शुल्क लिन पाइने, मूल्याँकनलाई बस्तुपरक र विश्वसनीय बनाउन उत्तरपुस्तिका कोडिङ गरी विद्यालयले परीक्षण गराउनु पर्ने छ । परीक्षामा संलग्न हुने जनशक्तिको पारिश्रमिक समितिले तोके अनुसारको उपलब्ध गराउनु पर्ने ब्यवस्था छ । ‘परीक्षार्थीले प्राप्ताँकमा चित्त नबुझे नतिजा प्रकाशन भएको सात दिनभित्र पुनर्योगको लागि निवेदन दिनु पर्छ,’ नियन्त्रक शर्माले भने ‘समितिले पनि विद्यार्थीले निवेदन दिएको भ्याद समाप्त भएको सात कार्यदिन भित्र पुनर्योगको नतिजा प्रकाशन गरिसक्नु पर्ने ब्यवस्था कार्यविधिले तोेकेको छ ।’ उनले थपे ‘विद्यार्थीको पुनर्योग नतिजामा पनि चित्त नबुुझे विद्यार्थीले निवेदन दिएर उत्तरपुस्तिका हेर्न सक्ने छन् । समितिले सातदिन भित्र उत्तरपुस्तिका हेर्न दिनु पर्ने ब्यवस्था छ ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.