Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

एसईई नतिजा तयारी पूरा, बोर्ड बैठकको पर्खाइमा

User Photo
सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।

बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए। स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो। बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए। तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो।

बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन। बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो। तर यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन। खकुरेलले भने, ‘आज सार्वजनिक हुने सम्भावना कम छ। भोलि गाइजात्राको दिन पनि नतिजा आउने सम्भावना छैन। पर्सितिर मात्रै सार्वजनिक हुन्छ कि ? ’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.