११ भदौ, काठमाण्डौ, चाबाहिल क्षेत्रकै उत्कृस्ट नमुनाको रुपमा उदाएको विनायक सिद्ध कलेजमा शैक्षिक सत्रका ०७७/७८ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्नाका शुरु भएको छ । हाल कोभिड-१९ का कारण अनलाइन दर्ता गर्न समेत सकिने विद्यालय प्रमुख रामकृष्ण सिम्खडाले नयाँ मिडियालाई जानकारी दिए ।
कलेजले यहि भाद्र १६ गते ९ बजे देखि १० बजे सम्म अनलाईन प्रवेश परीक्षा संचालन गर्ने भएको छ । पहिलो १० जनालाई सत् प्रतिशत त्यसै गरि ११ औं देखि २५ औं सम्मलाई ७५% अन्तिम २६ औं देखि ५० औं श्रेणीमा पर्ने सहभागीलाई ६०% छात्रवृत्ति दिने कलेजले जानकारी दिएको छ । सिम्खडा भन्छन् कोरोनाबाट प्रत्यक्ष प्रभावित विद्यार्थीहरुलाई समेत लक्षित गरि लगभग कुल ५०० जना भर्नाको १०% जेहन्दार तथा आर्थिकस्तर कमजोर भएका साथै गायन, नृत्य, खेल आदि क्षेत्रका विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृतिको व्यबस्था गर्छौं ।
कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाउन तथा समाज र बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कजेजमा सो क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताए । यसका साथै कलेजले सम्पूर्ण रुपमा विद्यार्थीहरुलाई नै अतिरिक्त क्रियाकलापमा भाग लिन तथा आफ्नो लक्ष्य अनुसारको सिकाईमा जोड दिने क्याम्पस प्रमुखले बताए ।
हाल कलेजले कोरोना माहामारी पछिको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिईरहेको छ । सुलभ र गुणस्तरीय शिक्षाका लागि चाबहिलकै नमुना मानिने भि.एस कलेजले एर्सइई परिक्षामा राम्रो जिपिए ल्याउने जेहेन्दार विद्यार्थी तथा आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यबस्था गरिएको कलेज प्रशासनले बताएको छ ।उनले सम्पूर्ण एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सर्व-सुलब शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न भि.एस कलेजलाई रोज्नका लागि उनले अनुरोध गरेका छन्।

