
ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जिवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका विरामी हरुको भावनात्मक तथा शारिरीक पिडा कम गरि सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीहरुको लागि प्यालियटिभ केयर युनिट (Palliative Care Unit) को औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
सोमबार अस्पतालले एक कार्यक्रम गर्दै सानु खडगि लगायत विरामीहरु तथा बिरामीका आफन्तहरुकै हात बाट सो सेवाको सुरुवात गरेको हो ।
क्यान्सर सम्बन्धि अन्को–सर्जरी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापी लगायत उपचार सेवा दिदै आएको अस्पतालले प्यालियटिभ केयर समेत सुरु गरि क्यान्सरको अशह्य दुखाइ नियन्त्रण, भावनात्मक तथा, आध्यात्मिक परामर्श जस्ता सेवा एकै ठाउँमा उपलब्ध गर्ने बताएको छ ।
यसै अवसरमा अस्पतालले प्यालियटिभ स्वास्थ्य सेवाको आवश्यकता भएका सबै बिरामीहरूका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा समेत प्रदान गर्ने जनाएको छ ।
के हो प्यालियटिभ केयर
क्यान्सरको उपचारको अन्तिम चरणमा बिरामी शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपनको सामना गरिरहेका हुन्छन।यस्तो अवस्थामा चिकित्सा सम्वन्धि मात्र उपचार नभै, भावनात्मत तथा सारिरीक रुपमा सह्ज मृत्युको लागि सान्त्वना तथा गरिने स्नेह पुर्ण केयर हो