Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा भाैतिक उपस्थितीमै साउनकाे पहिलाे हप्ता देखी सुरू हुने

User Photo
बुधबार, असार ९, २०७८
काठमाण्डाै ।

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ ।

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो ।

विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको छ ।

सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.