Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

खुल्ला चौरमा राखेर विद्यार्थी पढाउन सुरु

User Photo
बिहिबार, असार १८, २०७७
काठमाण्डाै ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा राखेर पठन पाठन सञ्चालन गरेको छ । लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि ग्रामीण भेगमा विद्यार्थीको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कार्यक्रम प्रभावकारी नदेखिएपछि चौरमा राखेर पढाउन सुरु गरेको विद्यालयका शिक्षक प्रकाश भुसुालले बताए ।

लामो समय विद्यालय जान नपाएर अन्यौलमा परेका विद्यार्थी खुल्ला चौर भए पनि पढ्न पाउँदा खुशी छन् । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी पठन–पाठन सञ्चालन गरिएको र विद्यार्थी र शिक्षकलाई पायक पर्ने गरी फरक–फरक स्थानमा राखेर विद्यार्थीहरुको पठन–पाठन भइरहेको विद्यालयका शिक्षक भुसालको भनाइ छ ।

कोरोना महामारीका कारण पठन–पाठन अनिश्चित भएपछि विद्यालयले विद्यार्थीलाई सामजिक दुरी कायम राख्दै मास्क र स्यानिटाइजरको प्रयोग गरेर खुल्ला चौरमा राखेर पठन–पाठनसँगै कोरोना सचेतनाका जगाएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले बताए । तीन महिनादेखि घरमै रहेका विद्यार्थीको स्मरणशक्तिमा ह्रास आएको भन्दै खुल्ला चौरमा राखेर पठन–पाठन र कोरोना सम्बन्धी आवश्यक शिक्षा र परामर्श दिने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको छ । वर्षा भएको समयमा भने कक्षा बन्द रहनेछ । तत्काल विद्यालय खोल्न सक्ने वातावरण नभएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहमतीमा विद्यालयले वैकल्पिक विधिबाट पठन–पाठन सुरु गरेको विद्यालयले जनाएको छ ।

नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुवात गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी समेत भर्ना भएका छन् । उनीहरूलाई किताब वितरण गरिएको छ । एउटा समूहमा २० जना विद्यार्थी राखेर अध्ययन भएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.