Naya Media
बिहिबार, कार्तिक ६, २०८२
| | October 23, 2025
बिहिबार, कार्तिक ६, २०८२

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा किष्ट अस्पतालको बिषेश अभियान, उपचारमा ५० प्रतिशत सम्म छुट

User Photo
बिहिबार, चैत्र ७, २०८१
ललितपुर ।

ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालले विश्व मुख स्वास्थ्य दिवस २०२५ (World Oral Health Day २०२५) को अवसरमा “सुर्तिजन्य पदार्थ (तम्बाकू) नियन्त्रण पहल- एक वर्षीय अभियान (Tobacco Control Initiative- A Year long Campaign)” को शुभारम्भ गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा आयोजना गरिएको अभियानको उद्‌घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. प्रकाश बुढाथोकी, महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोबिन्द श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता रहेको थियो ।

“से नट टु स्मोक, से एस टु लाईफ (Say No to Smoke, Say Yes to Life!)” भन्ने मुल नारासहित तम्बाकू नियन्त्रण, मुख तथा दन्त स्वास्थ्य सुधार र मुख स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धिमा योगदान गर्ने उद्देश्यले बिशेष कार्यक्रम सुरु गरिएको अस्पतालकी ब्राण्ड म्यानेजर सुप्रिना प्रजापतिले बताउनु भयो ।

अस्पतालले सुरु गरेको अभियान अन्तर्गत एक बर्ष सम्म निशुल्क तथा बिशेष छुट सहित Oncology Department, Dental Department र Phychitry Department ले संयुक्त रुपमा मुख स्वास्थ्य सम्बन्धी तम्बाकू परित्याग क्लिनिक (Tobacco Cessation Clinic), ⁠विद्यालयस्तरीय सचेतना कार्यक्रम (School Level Activation), ⁠स्थानीय समुदायमा स्वास्थ्य शिविर (Outreach Camps), र्‍याली, फ्ल्यासमोब र नाटकमार्फत जनचेतना अभियान (Awareness Campaigns) लगायत कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

एक महिना सम्म विशेष छुट योजना
अभियानको सुरुवात संगै अस्पतालले २०८१ चैत्र ७ गते देखी २०८२ बैसाख ७ (एक महिना) सम्म “मुख स्वास्थ्य महिना (Oral Health Month)” को रूपमा मनाइने तथा यस अवधिमा दाँत सम्बन्धी विभिन्न उपचारमा ५०% सम्म छुट दिने भएको छ ।

# किष्ट अस्पताल # किष्ट मेडिकल कलेज # मुख स्वास्थ्य दिवस २०२५

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.