Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

बालकल्याण मावि, भुरुवामा विभिन्न क्लबहरुको पुनर्गठन 

User Photo
शुक्रबार, फाल्गुन ७, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज विभिन्न क्लबहरुको पुनर्गठन गरिएको छ ।

शुक्रबार स्तरीय कार्यक्रम अन्तर्गत आज भएको कार्यक्रममा विद्यालयमा युवा रेडक्रस सर्कल, सिर्जनशील बाल क्लब , इको क्लब र रोज बहिनी किशोरी क्लबको पुनर्गठन गरिएको हो ।

कार्यक्रममा हितेश दुब्राकोटीको अध्यक्षतामा १३ सदस्यीय युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ । सर्कलको उपाध्यक्षमा दिनेश नेपाली, सचीवमा चन्द्रा खतिवडा, कोषाध्यक्षमा सन्ध्या चौधरी र सहसचिवमा सृजना बटाला रहेका छन ।

कार्यक्रममा प्रकाश ढकालको अध्यक्षतामा २१ सदस्यीय सिर्जनशील बाल क्लबको पुनर्गठन गरिएको छ । क्लबको उपाध्यक्षमा सागर नेपाली, सचीवमा तनिसा रावल, कोषाध्यक्षमा काजल बिक र सहसचिवमा दिपिन गिरी रहेका छ्न ।

त्यसैगरी कार्यक्रममा बलबहादुर भुलको अध्यक्षतामा १७ सदस्यीय वातावरण ( इको क्लब ) को पुनर्गठन गरिएको छ । इको क्लबको उपाध्यक्षमा गोपाल बिक, सचीवमा पार्बती न्यौपाने, कोषाध्यक्षमा मदन नेपाली र सहसचिवमा वर्षा ओली रहेका छन ।

कार्यक्रममा पुजा जैशीको अध्यक्षतामा १३ सदस्यीय रोज बहिनी किशोरी क्लब को समेत पुनर्गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ । क्लबको उपाध्यक्षमा निर्मला बिक, सचीवमा दुर्गा चौधरी, कोषाध्यक्षमा कल्पना बिक र सहसचिवमा रितिका रावल रहेका छन ।

बालकल्याण माविका अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश बिकको सभापतित्वमा भएको क्लब पुनर्गठन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी, सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.