Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

User Photo
बिहिबार, असार २८, २०८०
काठमाण्डौ ।

धनगढी । धनगढीको एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलले सुदूरपश्चिम प्रदेश स्तरीय वृहत छात्रवृत्ति योजना कार्यक्रम पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ ।
उक्त स्कुलले एसईई पास गरेका बिद्यार्थीहरुका लागी ‘प्लस टु’ अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको हो ।
सुदूरपश्चिमका प्रत्येक जिल्लाका सम्पूर्ण विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने प्राचार्य मनोज पन्तले बताउनु भयो । यसको हकमा बिद्यालयको सिफारीस अनिवार्य रहेको प्राचार्य मनोज पन्तले बताए ।

यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए । यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुलले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्थाई बसोबास गर्दै आएका जहेन्दार,गरिब,विपन्न,दलित, अपाङ्ग,जनजाती र अभिभावक बिहिनहरुलाई शैक्षिक पहुँचमा सहयोग पुगाउनका लागी १० जना बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत र १० जना बिद्यार्थीहरुका लागी आंशिक छात्रवृत्ति दिने प्राचार्य पन्तले बताए । यसको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य हरेको उनले बताए । वडा बाट आएका सिफरीसमा बिद्यालय आफै छनोट गर्ने छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रहेका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले भने, एलाइन्स स्कुलले मात्रै यस्तो कार्यक्रम गरेर हुँदैन धनगढीका सबै बिद्यालयहरुले यस्तो कार्यक्रमको घोषणा गर्नु पर्छ । धनगढी उमा न पा ०२ स्थित संचालित यस बिधालयले वडाका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु अत्यन्तै सम्मानजनक कार्य रहेको बताए । वडा भित्र धेरै जसो विद्यार्थी भाइबहिनीहरु आर्थिक समस्याले गर्दा उच्च शिक्षा अध्ययनमा पछाडी परेका छन । त्यसैले वडा भित्र बसोबास गर्ने बिद्यार्थीलाई छात्रवृत्तिमा पढाउने यस स्कुलको निर्णय धेरै राम्रो रहेको उहाँले बताए ।
छात्रवृत्तिका लागी आवेदन बुझाउने मिति २०८० श्रावण ५ गते सम्म रहेको र छात्रवृत्ति छनौट तथा अन्तरवार्ता श्रावण १० हुने जनाईएको छ ।
प्लस टु संकायमा व्यवस्थापन तर्फ होटेल मेनेजमेन्ट,जनर मेनेजमेन्ट कमप्यूटर साईन्स अध्यापन गराईरहेको छन भने कानुन संकायको पनि अध्यापन गराई रहेको पन्तले बताए ।
आर्थिक समस्याले गर्दा कुनै पनि बिद्यार्थी भाइबहिनीहरु अध्ययन बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हामिले छात्रवृत्ति योजना ल्याएका हौ प्राचार्य पन्तले बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.