Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

प्रथम किसान सहकारी जेसिज कप २०७७ को उपाधी आरएमइ टिकापुरले लियाे

User Photo
शनिबार, चैत्र २८, २०७७
लम्की, कैलाली ।

प्रथम किसान सहकारी जेसिज कप आज बाट सकिएको छ । गत चैत्र १३ गते देखि सुरु भएको खेल आज सकिएको हो । लम्की चुहा नगरपालिका वडा नम्बर ३ को ब्यावस्थितनगर खेल मैदानमा भएको खेलमा १८ टिमको सहभागीता रहेको थियो । लम्की चुहा, टिकापुर र बर्दगोरिया क्षेत्रका २ वटा सकारी र १६ वटा निजि विद्यालय गरेर १८ वटा विद्यालयको सहभागीता रहेको थियो ।

आज भएको फाईनल खेलमा RME टिकापुरले आफ्नो १० विकेटको क्षेतीमा १३८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको गणेश बाबाले लक्ष्य भेटाउन सकेन र RME ले ३५ रनले उपाधीमा कब्जा जमाएको थियो ।

लम्की जेसिजका अध्यक्ष घनश्याम डागीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रीकेट टिमका सफल प्रशिक्षक जगत बहादुर टमट्टा रहनु भएको थियो भने विशिष्ट अतिथीमा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउने रहनु भएको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाली राष्ट्रिय क्रीकेट टिमका पुर्व सफल प्रशिक्षक जगत बहादुर टमट्टाले यो खेलमा १८ वटा टिम सहभागी गराएकोमा जेसिज लाई धन्यवाद दिदै यो एउटा अवसर भएको बताउनु भयो र यो क्षेत्रको खेललाई अगाडि बढाउन स्थानिय सरकारले भुमिका खेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै लम्की चुहा ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले अहिले जनप्रतिनिधिले विकास भनेको सडक,पुल र बाटोघाटो मात्र हो भन्ने सोचले खेल क्षेत्रले विकासमा फडको मार्न नसकेको बताउनु भयो ।

लम्की जिसिजका अध्यक्ष घनश्याम डागिले जेसिज ईतिहासमै पहिलो चोटि आयोजना गरिएको खेल सफल भएकोमा सबैलाई धन्यवाद दिदै अब आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताउनु भयो ।

बिजेता टिम RME टिकापुरका शिक्षक डम्बर खनालले खेल जितेकोमा खुशी व्याक्त गर्नु भयो ।

क्रिकेट प्रतियोगितामा प्रथम हुने टिम RME ले नगद ६१ हजार १ सय २१ट्रफी मेडल प्रमाणपत्र, द्वितीय हुने टीम गणेश बाबाले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र,पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडीहरूले नगद ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.