Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

बृहद आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता- उद्घाटन नहुँदै कतिपय खेलाडी, प्रशिक्षक र पदाधिकारी घर फर्किसके

प्रतियोगिताको औपचारिक उद्घाटन केही बेर पछी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्

User Photo बिहिबार, बैशाख ५, २०७६

देशको गौरव र प्रतिष्ठासँग जोडिएको बृहद आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन केही बेर पछी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् ।

तर प्रतियोगिताको उद्घाटन नहुँदै कतिपय खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारी खेल सकेर आ–आफ्नो घर फर्किसकेका छन् । आठौंमा समावेश कतिपय खेलहरु एक साता अघिदेखिनै सुरु भइसकेका थिए ।

उद्घाटन अघिनै खेल सकेर फर्कनु पर्दा कतिपय खेलका खेलाडी र पदाधिकारीले दुःखेसो समेत पोखेका छन् । ‘राष्ट्रिय खेलकूदको उद्घाटन नै भएको छैन । यस्तो अवस्थामा खेल सकेर फर्कनु पर्दा नरमाइलो हुने रहेछ । गर्मी मौसमको तनाव त छँदैछ, उद्घाटन समेत देख्न नपाउनु कस्तो बिडम्बना,’ नेपाल फुलकन्ट्याक्ट कराँतेका अध्यक्ष दमन बस्नेतले भने ।

राज्यले करोडौं लगानी विषयको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानु पर्ने पनि बस्नेतले बताए । ‘अधिकांश खेलका पूर्वाधार तयार भएका छैनन् । अव्यवस्थित खेल स्थलमा राष्ट्रिय खेल आयोजना गरेर राज्यको करोडौं पैसा सक्ने काम भएको छ । बास्तवमा राज्यको लगानी प्रतिफलमुखी हुनुपर्ने हो,’ बस्नेतले भने । कसैको लहड र व्यक्तिगत इगोको भरमा हतारमा राष्ट्रको लगानी सक्ने काम गर्न नहुने पनि बस्नेतको भनाई छ ।

आठौं अन्तर्गत फुलकन्ट्याक्ट कराँते खेल बुधबारनै सकिएको थियो । फुलकन्ट्याक्टमा पुरुषतर्फ ६ र महिलामा चारगरी १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा ५४ पुरुष र ३६ महिला खेलाडीले भाग लिएका थिए । फुलकन्ट्याक्ट मात्र होइन । आठौं अन्तर्गत गल्फ, स्क्वास, साइक्लिङ, बुद्धिचाल, बक्सिङ, प्याराग्लाइडिङ, कबड्डी लगायत खेलहरु उद्घाटन अघिनै सकिसकेको छ ।

प्रदेश ५ मा अायोजित आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक संरचना लगायत विषयमा सरकारले एक अर्ब रुपैयाँ लगानी गरेको छ । प्रतियोगिताका उद्घाटन र समापन हुने नेपालगन्ज रंगशाला निर्माण कार्यले अझै पूर्णता पाइसकेको छैन । अन्य खेलका संरचना समेत निर्माणधीन अवस्थामै छन् ।

४३ करोडको लगानी

भौतिक संरचना निर्माण बाहेक आठौंको आयोजनाका लागि मात्र युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ४८ करोड रुपैयाँ माग गरेको थियो ।

जसमध्ये अर्थमन्त्रालयले ४३ करोड रुपैयाँ खेलकूललाई दिने निर्णय गरेको थियो । त्यसमा ३२ करोड रुपैयाँ प्राप्त भएको र ११ करोड निकासा हुन बाँकी रहेको राखेपले जनाएको छ ।

वैशाख ११ गते बाँकेको नेपालगन्ज रंगशालामा समापन हुने आठौ प्रतियोगिातमा ३५ समावेश गरिएको छ । आठौंका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा सञ्चालन हुनेछन् । भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाईडिङ कास्कीमा र गल्फ काठमाडौंमा सम्पन्न भइसकेको छ ।

हरेक दुई दुई वर्षमा आयोजना गर्ने हिसावले २०३८ सालदेखि सुरु गरिएको राष्ट्रिय खेलकुद विभिन्न कारणले समयमा हुन सकेको छैन । भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाइडिङ कास्कीमा र गल्फ काठमाडौंमा भइसकेको छ ।

स्वर्ण विजेतालाई १५ हजार

राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ब्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार दिने निर्णय गरेको छ । प्रतियोगितामा नयाँ किर्तिमान बनाउने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएन) बाट आउने नौ देशका २४ खेलाडी सहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको छ । सहभागी टोली र खेलाडीले कूल सातसय ९३ स्वर्ण, सातसय ९३ रजत र एक हजार एक सय दुई कांस्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आठौंमा समावेश ३५ खेल

फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेवलटेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कवड्डी, खोखो, ऊसु, बास्केटबल, व्याडमिन्टन, साईक्लिङ, कराते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाईङि, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटीएफ टेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारिरीक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.