Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

मारिए श्रीलंका आक्रमणका मुख्य आक्रमणकारी

पुलिसले अहिले पनि ७० जनाको खोजी गरिरहेको छ

User Photo शुक्रबार, बैशाख १३, २०७६

काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रिपाल सिरिसेनाले ईस्टर सन्डे पर्वका दिन भएको श्रृङ्खलावद्ध आत्मघाती आक्रमणका मुख्य आक्रमणकारी मारिएको दाबी गरेका छन् ।

मुख्य आक्रमणकारी जहरान हासिम भएको र उनी साङरी–ला होटलमा मारिएको उनले बताएका हुन् । हासिम एक कट्टर उपदेशक थिए । सिरीसेनाका अनुसार हासिमले अर्का आत्मघाती आक्रमणकारीसँग मिलेर साङ्ग्री–ला होटलमा आक्रमण गरेका थिए ।

अर्का आक्रमणकारीको पहिचान इल्हामका रुपमा भएको छ ।

श्रीलंकाली गुप्तचर एजेन्सीका अनुसार इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने करिव १३० संदिग्ध श्रीलंकामा सक्रिय थिए र पुलिसले अहिले पनि ७० जनाको खोजी गरिरहेको राष्ट्रपति सिरीसेनाले बताए ।

उनीहरु हिरासतमा छन् वा देश छाडेर भागिसके भन्ने खुलेको छैन । राष्ट्रपतिले कोलम्बोमा भएको आक्रमणहरुमा जहरान हासिमको भूमिकाबारे पनि बताएका छैनन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.