Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

रोनाल्डोले किने संसारकै महँगो कार

User Photo बिहिबार, बैशाख १९, २०७६
काठमाण्डाै ।

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाती कम्पनीको बुगाती ला वोइतुर नोइरे कार खरिद गरेको स्पेनिश स्पोट्र्स डेली मार्काले जनाएको हो ।

मार्काको अनुसार उक्त कारको मालिका पोर्तुगलका फुटबल खेलाडी हुन्, जो इटालियन लिग सिरी एमा युभेन्ट्सबाट खेल्दै आएका छन् ।

उनले खरिद गरेको कारको मूल्य ८६ करोड भारतीय रुपियाँ पर्छ । यो कार २०२१ मा मात्र लन्च गरिने बताइएको छ । बुगाती ला वोइतूर नोइरे २६० माइलप्रति घण्टा कुद्छ । यद्यपि, बगाती कम्पनीले कार खरिद गर्ने व्यक्तिको नाम गोप्य राखेको छ ।

डेली मेलको रिपोर्टका अनुसार रोनाल्डोले पहिलोपटक यसैवर्ष जेनेवा मोटर शोमा प्रर्दशन गरिएको यो कार खरिद गर्नको लागि १.१ करोड यूरो खर्च गरेका थिए । खबरका अनुसार यो कार २०२१ मा मात्रै रोनाल्डोले पाउँनेछन् । किनकी यो कम्पनीको नमुनामा अझै केहि भागको अन्तिम रुप दिन बाँकी छ ।

बुगातीको यस कारको डिजाइन सन् १९३६ र १९३८ मा बनेको एससी ५७ अटलान्टिकको मोडल जस्तै छ । बुगाती वोइतूर नोइरेमा ८.० लिटर टर्बोचाज्र्ड डब्ल्यू–१६ को इन्जिन प्रयोग गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.