Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

बुबाको किरिया नगर्दा गाउँ निकाला

परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके

User Photo शुक्रबार, बैशाख २७, २०७६
वीरगञ्ज ।

वीरगञ्ज । बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।

सुवर्ण गाउँपालिका(६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।

हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला डाके । यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरे । त्यसपछि यादवको ९ जनको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखराको दानाको कारोबार छ ।  अन्नपूर्ण


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.