Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सात बर्षीय बालिका बलात्कारका आरोपित भगाैडा असई खरेल महेन्द्रनगरबाट पक्राउ

खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

सात वर्षीया बालिका बलात्कारका आरोपित अन्ततः महेन्द्रनगरको बसपार्कबाट पक्राउ परेका छन् । शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि घरमा काम गर्ने महिलाकी सात वर्षीया छोरी बलात्कारको आरोप लागेको छ ।

खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्।

उजुरी परे लगत्तै खरेल फरार रहेका थिए। प्रहरीले पछिल्लो एक साता यता उनलाई खोजीरहेपनि उनी झुक्काउँदै हिँडिरहेका थिए। नेपाल प्रहरीमा असई रहेका खरेल द्वन्द्वकालमा भगौडा बनेका थिए।

घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीया बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ। उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गरेको थियो। स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.