Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

ट्राफिक प्रहरीकै माेटरसाइकल चाेरेर भागेकाे चाेर जाम फसेपछी यस्ताे हालत

मोटरसाइकल चाेर्न छुट्टै चाबीकाे प्रयोग

User Photo बिहिबार, जेष्ठ १६, २०७६
विराटनगर ।

मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साहले बुधबार दिउँसो मोटरसाइकल पार्किङ गरे। प्रवेशद्धारमै मोटरसाइकल पार्किङ गरेर कार्यालयमा छिरे। काम सकेर लगभग १० मिनेटपछि कार्यालयबाट बाहिर निस्कँदा साहको बा ११ प ५५७८ नम्बरको मोटरसाइकल थिएन।

पार्किङ गरेको ठाउँमा मोटरसाइकल नभएपछि उनी पश्चिमतर्फको बाटो हुँदै गुद्री बजारतर्फ दौडिए। लगभग ५ सय मिटर अगाडि पुगेपछि साहले आफ्नो मोटरसाइकल अर्कै व्यक्तिले चलाउँदै गरेको देखे। मोटरसाइकल चोरेर भागेका व्यक्ति सवारी जाममा फसेकाले त्यहाँ रोकिएका थिए। त्यही बेला साहले स्थानीयको सहयोग लिएर आफ्नो मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिए। उनी थिए, सुनसरीको दुहरी नगरपालिका–१ का नितेश चौधरी।

लक टुटाएर अर्को चाबी प्रयोग गरी मोटरसाइकल लिएर हिँडेका चौधरीको साथमा भेटिएको उक्त चाबी मोटरसाइकल चोरीमा प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ‘अलि ढिलो थाहा पाएको भए मोटरसाइकल कता पुर्‍याइसक्थ्यो। तर तत्काल थाहा पाएकाले मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको हो’, मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले भने, ‘चोरीमा संलग्न व्यक्ति जाममा फसेकाले मोटरसाइकल गायव बनाउन पाएन।

यसबारे अनुसन्धान थालिएको छ।’ मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्ति पक्राउ परेकाले मोटरसाइकल चोरीमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.