Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

राष्ट्रिय क्रिकेट टिममा कुशल र इशानको इन्ट्री

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा दुई नयाँ अनुहारले प्रवेश पाएको छ । सिंगापुर र ओमान टूरका लागि घोषित नेपाली टोलीमा इशान पाण्डे र कुशल मल्लले इन्ट्री गरेका हुन् ।

दुवै यू-१९ बाट आएका हुन् । यस्तै सुशन भारी, आरिफ शेख र सन्दीप जोराले राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएका छन् ।

कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताए । उनले भने, ‘जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’

पारस खड्काको कप्तानीमा रहेको टिमका उपकप्तानको जिम्मेवारी दीपेन्द्रलाई दिइएको छ । नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले भने व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका थिए ।

टोलीमा सन्दीप लामिछाने, विनोद भण्डारी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र पवन शर्राफ छन् ।

यो टूरमा बसन्त रेग्मी र शरद भेषावकरलाई आराम दिइएको छ ।

नेपाल, सिंगापुर र जिम्बाब्वेबीचको त्रिदेशीय टी-२० सिरिज २७ सेप्टेम्बरबाट सिंगापुरमा हुनेछ । यो सिरिज ३ अक्टोबरमा सकिनेछ ।

५ अक्टोबरबाट ओमानमा पाँच देशको सिरिज सुरु हुनेछ । ओमान क्रिकेट संघको आयोजनामा १० अक्टोबरसम्म हुने टी-२० सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डसँगै नेपाल, हङकङ र नेदरल्याण्ड सहभागी हुनेछन् ।

नेपालले १९ असोजमा हङकङसँग खेल्नेछ भने २० गते नेदरल्याण्ड्सँग, २२ गते आयरल्याण्डसँग र २३ गते ओमानसँग खेल्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.