रमित पाण्डे लम्की / फाल्गुन ८
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की कैलालीको आगामी फाल्गुन १० गते हुने २५ औं वार्षिक साधारणसभा बाट संचालक समिति चयनका लागि हुने निर्वाचनमा सदस्य पदमा मतदान गरी अत्याधिक मतले विजयी गराउन बौद्धिक तथा प्राज्ञिक ब्यक्तित्व सरोज कुमार शाहले सेयर सदस्य हरु सङ्ग आग्रह गर्नु भएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध शाहले विभिन्न क्षेत्रमा काम गरि सक्नु भएको छ ।
उहाले आफू विजयी भएपछि संस्थाको लागि विभिन्न काम गर्ने बताउनु भएको छ । उहाँले संस्थाको कार्य क्षेत्रलाई दीर्घकालीन योजनाका साथ सुदूरपश्चिम प्रदेश भरी बिस्तारका लागि पहल गर्ने,स्थानीय तहहरू संग समन्वय तथा सहकार्य गरि सहकारीमा आधारित विद्यालय, अस्पताल तथा सुपथ मूल्य पसलको स्थापनका लागि पहल गर्ने,संस्थाको मेरूदण्डका रूपमा रहनु भएका कार्यरत कर्मचारीहरूको स्तर निर्धारण, स्तरोन्नति ,वृत्ति विकास, नोकरी सुरक्षा (Job Security) तथा अन्य सुबिधाका लागि पहल गर्ने,संस्थाका शेयर सदस्यज्यूहरूका लागि बैंकिङ कारोबारमा हुने बचत तथा कर्जा आदिमा सहुलियत ब्याजदर निर्धारणका लागि आवश्यक पहल गर्ने,यसै वर्ष बाट शीत भण्डारण (Cold Store) निर्माणका लागि पहल गर्ने,सहकारी अनुसन्धान केन्द्र (Cooperative Research Centre) स्थापनाका लागि पहल गर्ने, बित्तिय साक्षरता अभियान (Financial Literacy Campaign ) लाई विद्यालय, कलेज तथा अन्य संघ/संस्थाहरूको माध्यमद्वारा शसक्त्त रूपमा सचेतना अभिबृद्दी कार्यक्रम संचालनका लागि पहल गर्ने,नमूना एकीकृत कृषि फर्मलाई जिल्लाका प्रत्येक स्थानीय तहमा संचालन गर्न पहल गर्ने,शेयर सदस्यज्यूहरूको निश्चित शेयर संख्याका आधारमा मापदण्ड बनाई शेयर सदस्य बीमा योजना (Share Holder Insurance Plan) लागु गर्न पहल गर्ने,यस संस्थाको वित्तिय सेवालाई आवश्यकता अनुसार थप केही स्थानहरूमा बिस्तारका लागि पहल गर्ने,यस संस्थाको लघुबित्त कार्यक्रम (Micro-Finance Program) लाई सहज, सरल तथा पूर्ण प्रबिधिमैत्रीमा संचालन गर्न पहल गर्ने “समृद्धिका लागि समुदाय संग संगै” भन्ने यस संस्थाको मूल नारालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) का कार्यक्रमहरूद्वारा समुदायलाई अधिकतम् सहयोग प्रदान गर्न पहल गर्ने,लघुबित्त कार्यक्रम मार्फत गरिबी निवारणको अभियानलाई निरन्तरताका साथ यस कार्यक्रममा आवद्ध महिलाहरूलाई प्रोत्साहनका लागि थप नयाँ कार्यक्रम संचालन गर्न पहल गर्ने यी १३ वटा काम लगायतका थुप्रै काम गर्ने बताउनु भएको छ ।
त्यस्तै उहाले विभिन्न संगठनको नेतृत्व गरि सक्नु भएको छ उहा निवर्तमान क्याम्पस प्रमुख लम्की बहुमुखी क्याम्पस, नेपाल पब्लिक क्याम्पस संघ लम्की केन्द्रीय कमिटी सदस्य,Charter President/ Zone Chairperson, Lions Clubs Imternational District 325 B2, Nepal कार्य समिती सदस्य टीकापुर प्रज्ञिक समाज टीकापुर आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखा कैलाली,आजीवन सदस्य लम्की बहुमुखी क्याम्पस कैलाली,आजीवन सदस्य टीकापुर प्राज्ञिक समाज टीकापुर कैलाली,एमेनेष्टि ईन्टरनेश्नल नेपाल ग्रुप ८९ टीकापुर सदस्य हुनुहुन्छ त्यसै गरि उहाले एम.फिल. (अंग्रेजी) त्रिभुवन विश्वविद्यालय काठमाण्डाैं,एम.ए. (राजनीति शास्त्र), त्रिभुवन विश्वविद्यालय काठमाण्डाैं,एम.पि.ए. (Progressive) अन्य शैक्षिक योग्यता हासिल गर्नु भएको छ ।
दजनौं Training, Workshop/ Seminar मा सहभागी हुनु भएको छ भने केही अनुसन्धानमूलक लेखहरु प्रकाशित भएका छ्न १२ वर्ष शिक्षण तथा प्रशासनिक अनुभव उहासङ्ग रहेको छ ।
काठमाण्डाै ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५
