चैत्रको महिनामा स्कुल को वार्षिक परीक्षा सकिएपछि गाई भैसा चराउने गर्थ्यो । हामीहरू नजिकै रहेको खोलामा छायाँ संगै लुकामारी खेलेको पनि झल्को र बिम्ब यो समयमा आइरहेको छ। त्यस बखत गोठालो गएको समयमा आकाशमा उडेको चिलगाडी देख्दा हामीहरु एउटै स्वरमा ” ए चिलगाडी मेरा बुवा बम्बई छन् पठाई देऊ ” भन्ने गर्थ्यौ ।
बम्बई जाने मान्छे ठूलै हुन जस्तो लाग्थ्यो । बुवाको माया औधि लाग्थ्यो र ति खाड सक्कर को त कुरै छाड्यो । बुवा बम्बई गयोको देखेर आफू लाई खूबै जान मन लाग्थ्यो तर मलाई के थाहा बुवा बम्बई खुशीले गएका थिएनन् , बाध्यता रहेछ परिवारको पालनपोषण संगै देशका नेताहरूलाई पाल्नुपर्ने पो रहेछ । देशभित्र कूनै रोजगारको सम्भावना रहेन छ र बिदेशीनु परेको रहेछ । विदेशमा जोखिमपूर्ण काम गरेर पालन पोषण गर्दै आइरहेका रहेछन् । नेताहरु भ्रष्टाचारी र व्यक्तिगत स्वार्थका कारण बिदेशीनु परेको रहेछ । देशमा रोजगारीको सिर्जना गरेको भए आज यो परिस्थितिमा सम्पूर्ण दाजुभाइ आफ्नै घरमा हुन्थे र आफ्नै घरमा लकडाऊनमा परिवारसँग बस्थे । उनीहरु यो समयमा सिमानामा अलपत्र पर्ने थिएनन् ।यस्तो परेको बेलामा पनि राज्यले उचित निर्णय लिई तिनको ध्यान राखेको देखिँदैन ।
