Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

सिमानामा अलपत्र नेपाली बारे शिक्षक अर्जुन उपाध्यायको मन छुने स्टाटस

User Photo शुक्रबार, चैत्र २१, २०७६
काठमाण्डाै ।

चैत्रको महिनामा स्कुल को वार्षिक परीक्षा सकिएपछि गाई भैसा चराउने गर्थ्यो । हामीहरू नजिकै रहेको खोलामा छायाँ संगै लुकामारी खेलेको पनि झल्को र बिम्ब यो समयमा आइरहेको छ। त्यस बखत गोठालो गएको समयमा आकाशमा उडेको चिलगाडी देख्दा हामीहरु एउटै स्वरमा ” ए चिलगाडी मेरा बुवा बम्बई छन् पठाई देऊ ” भन्ने गर्थ्यौ ।

बम्बई जाने मान्छे ठूलै हुन जस्तो लाग्थ्यो । बुवाको माया औधि लाग्थ्यो र ति खाड सक्कर को त कुरै छाड्यो । बुवा बम्बई गयोको देखेर आफू लाई खूबै जान मन लाग्थ्यो तर मलाई के थाहा बुवा बम्बई खुशीले गएका थिएनन् , बाध्यता रहेछ परिवारको पालनपोषण संगै देशका नेताहरूलाई पाल्नुपर्ने पो रहेछ । देशभित्र कूनै रोजगारको सम्भावना रहेन छ र बिदेशीनु परेको रहेछ । विदेशमा जोखिमपूर्ण काम गरेर पालन पोषण गर्दै आइरहेका रहेछन् । नेताहरु भ्रष्टाचारी र व्यक्तिगत स्वार्थका कारण बिदेशीनु परेको रहेछ । देशमा रोजगारीको सिर्जना गरेको भए आज यो परिस्थितिमा सम्पूर्ण दाजुभाइ आफ्नै घरमा हुन्थे र आफ्नै घरमा लकडाऊनमा परिवारसँग बस्थे । उनीहरु यो समयमा सिमानामा अलपत्र पर्ने थिएनन् ।यस्तो परेको बेलामा पनि राज्यले उचित निर्णय लिई तिनको ध्यान राखेको देखिँदैन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.