नेपाल एक कृषि प्रधान देश हो। धेरै जस्तो मान्छेहरुको पेसा कृषि रहेकाे छ। कृषि प्रधान देश भएर पनि नेपाल कृषिमा अत्मनिर्भर बन्न सकेेेको छैन। नेपालले बार्षिक लाखौ मुल्य बराबरको खाध्यान्न तरकारी भारत लगाएत अन्य मुलुक बाट नेपाल भित्रिन्छ। सरकारी तबर बाट कृषिमा सोचे जति लगानी भएको पाइदैन।
किसानहरुले समयमा मल/ विउ/ सिचाइ नपाउदा नेपालमा खाद्यान्न उत्पादनमा गिरावट आएको देखीन्छ। कृषि गर्ने मानिसहरुलाई कृषि पेशामा लागेर जिवन धान्न मुस्किल छ । कृषकले उत्पादन गरेका वस्तुभाउले वजारमा उचित मुल्य पाउदैन्न। अर्को तिर भौगोलिकताका हिसाबले कैयाैँ कृषकहरुका वारीमा उत्पादन भएका चिजहरु वारीमै गलेका छन। सरकारी तवरबाट यसको भरपर्दो समाधान विकल्प खोजिएको छैन।
नेपालमा अझै पनि कतिपय ठाउमा पुरानै तरिकाको कृषि गरीन्छ। पुरानो कृषि प्रणालिलाइ सुधारेर आधुनिक कृषि गर्न जरुरी छ। सरकारले कृषको समस्यालाइ आत्मसाथ गर्दै कृषि पेशामा जिवन चलाउन सक्ने वातावरण बनाउन सक्नु पर्छ । नेपालमा पछीलो समय कृषिमा युवाहरुको सक्रियता देखिए पनि तर त्यो संख्या न्युन हो।
आधुनिक युगमा युवाहरुलाइ कृषि सम्बन्धी तालिम दिइ ब्यसायिक बनाउन आवश्यक छ। आफ्नै देशमा रोजगारी नहुदा धेरै जसो युवाहरु रोजगारीको सिलसिलामा भारत लगाएत विदेशका विभिन्न देशहरुमा रहेका छन। सम्भावना भए पनि युवामा सरकारको लगानी देखीदैन।
‘कृषि पेशा गरेर वाच्ने आधार छैन भन्छन युवा’, यसको मुख्य कारण युवा संग लगानी छैन। साथै सकारको सहयोग र सुरक्षा पनि भरपर्दो छैन। नेपालमा युवालाइ कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसका लागी सरकार उनिहरुको साथमा हुन जरुरी छ। सरकारी तबरबाट कृषिमा अधिक्तम लगानि आवश्यक देखिन्छ।
आधुनिक यान्त्रिक प्रणालिको प्रयोगको सम्बन्धि जानकारी दिदै आधुनिक कृषि सम्बन्धि तालिम दिइ उनिहरुलाइ दक्ष बनाइ व्यवसायिक कृषि तर्फ लगाउने हो भने नेपाल खाध्यान्नमा वलियो बन्न सक्छ ।
त्यसैले विदेशमा रहेका युवा जनशक्तिलाइ स्वदेशमै ल्याइ व्यसायिक कृषि पेसामा लगाइयो भने मात्र देश सम्विद्ध बन्न सक्छ। उनिहरु विदेशमा वगाउने पसिना आफ्नौ मुलुकमा कृषि गरेर सुकुनको जिवन जिउन सक्छन। यसका लागि सरकारले युवा प्रति सकरात्मक भइ लगानी गर्न जरुरी छ।
