Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

User Photo सोमवार, असार ७, २०७८
काठमाण्डाै ।

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताए । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।

युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन् । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा भनिएको छ ।

संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.