Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

नेपालमा धर्म र संस्कृति बिस्तारै लोप हुँदै

हेमन्त बहादुर शाह आइतवार, कार्तिक ६, २०७९
काठमाण्डौ ।

नेपाल धार्मिक तथा साँस्कृतिक हिसाबले विश्वकै प्रख्यात राष्ट्रमा पर्दछ । धार्मिक तथा साँस्कृतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको देश नेपालमा बर्षेनी लाखौँ पर्यटकहरु आउने गर्दछन् ।यहाँको धार्मिक तथा साँस्कृतिक सम्पदाहरुले नेपालको करिब ६०% पर्यटकीय क्षेत्र ओगटेको पाईन्छ ।

नेपाली जनताहरु धर्ममा खुवै विश्वास गर्ने हुनाले प्रायः आफ्नै प्रकारको भाषा,भेषभुषा र रीतिरीवाज छ । नेपालका मौलिक चाँडपर्वहरुमा नेपालीहरुले आ-आफ्नै तरिकाले देवी देवताहरु पुज्ने र बलि दिने गर्दछन् र धेरै स्थानहरुमा चाडपर्वहरुमा रमाईल पनि हुने गर्दछ । रुद्री पुजा ,कुनैपनी कामहर सफल भए जनावरहरुको बली दिनु नेपालको परम्परागत धार्मिक रीतिरीवाज हो ।नेपालमा बर्षेनी थुप्रै चाडपर्वहरु आउने गर्दछन् र ती पर्वहरुमा रमाउने,मेला लगाउने बिभिन्न किसिमका खेलहरु खेल्ने हुन्छ । वर्तमान परिपेक्षमा पनि नेपालमा परम्परागत हिसावले चाडपर्वहरु मनाईन्छन् र आम जनमाशको नेपालको धर्म र संस्कृति प्रति चेतना परम्परागत नै छ ।

अहिले २१ औँ सताब्दीमा भने नेपालको धर्म र संस्कृतिलाई विस्वस्त रुपमा लिने र मान्ने संख्या पहिले भन्दा घट्दो स्तरमा रहेको छ । कुनैपनि काममा सफल भैयो भने बलि दिने कबल गर्ने तथा देवी देवता पुज्ने संख्या विस्तारै कम र आफ्नो धर्म चाडपर्व तथा वैदेशिक चालचलन तथा धर्मप्रति संकुचित सोच र आम नागरिक विगत भन्दा केही प्रतिशत शिक्षित भएका कारण हाल नेपालमा त्यत्ति सार्हो चाडपर्व तथा मेलामा एकजुट भई रमाएको विगत भन्दा कमै मात्रामा देख्न सकिन्छ ।

विगतमा देवीदेउता ले गर्दा आफ्नो स्तरोन्नति भएको र वर्तमानमा आफ्नो मेहेनत पौरख तथा लगनशिलताले अगाडी बढेको कुरा तथा चाडपर्वमा बलि दे परम्परा अन्धविश्वास भएको चेतनाको आधारले र धेरैजसो नागरिक बैदेशिक रोजगारमा गई त्यहाँको धार्मिक तथा साँस्कृतिक चालचलनलाई बुझेर नेपालको परम्परागत धार्मिक शैलीलाई विकसित नभएरत्याग गरी आफ्नै शैलीमा मनोरञ्जन गर्ने तथा विभिन्न किसिमका जघन्य अपराध,धुम्रपान,मध्यपान आदी प्रवृतिको वृद्धिले आम जनमाशमा नेपालको धर्म र संस्कृति प्रति आश्था घट्दो मात्रामा छ ।धार्मिक हिसाबमा परम्परागत प्रणालीले गर्दा देवीदेवता मानपुज गर्ने ठाउँमा भिड धेरै हुने र व्यवस्थापन परम्परागत शैलीमा हुने तथा कतिपय धार्मिक स्थलहरुमा वादविवाद हुने र सबैप्रति समान ब्यवहार नभई जातिय, भेगीय हिसाबमा पछि पारिने ,धेरै जशोमा यो प्रवृतिले मनोवल घट्ने ,पुजाआजा गर्दा धेरै दुःख ,हेपचेप हुने हुनाले नेपालको धर्म प्रति आम ब्यक्तिको आस्था लोपलाग्दो रहेको छ ।

धेरै प्रतिशत मान्छेहरु हिन्दु धर्ममा आश्थावान छन् भने अरु मान्छेहरु अन्य धर्ममा आश्थावान छन् । बिगतमा नेपाल हिन्दुराष्ट्र भएका कारण धेरै जसो नेपाली जनहरु हिन्दुधर्म मै आश्थावान छन् ।वर्तमानमा भने यसको उचित व्यवस्थापन तथा विकास नभएका कारण नेपालमा हिन्दु धर्म विस्तारै लोप हुँदै गईरहेको छ ।अन्तःधर्म र संस्कृतिको उचित ब्यवस्थापन गरी बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गरेर परम्परागत भन्दा विकसित शैलीमा धार्मिक तथा साँस्कृतिक सम्पदाहरुमा सुधार ल्याउने हो भने नेपालमा थप पर्यटकहरु पनी भित्र्याउन सकिनुका साथै नेपालको धर्म र संस्कृतिलाई थप मजबुद्ध बनाउन सकिनुका साथै नेपाली जनहरुभित्र रहेको हिन्दुत्वलाई अझै बढी मात्रामा उजागर गर्न सकिन्छ ।

नेपालमा धर्म र संस्कृति बिस्तारै लोप हुँदै !
हेमन्त बहादुर शाह(कैलाली)


Writer Image

हेमन्त बहादुर शाह

कैलाली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.