Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

इजरायलमा ज्यान गुमाएका २ जना युवाको परिवार लाई छ्त्र बहादुरले २०/२० हजार सहयोग गर्ने

User Photo मङ्लबार, अशोज २३, २०८०
काठमाण्डौ ।

इजरायलमा ज्यान गुमाएका जयपृथ्वी ६ बझाङका गणेश नेपाली र जोशिपुर ५ मैन पोखर कैलाली आशिष चौधरी लाई अष्ट्रेलिया बस्ने छ्त्र बहादुर धामीले उहाँहरुका आमा बुबा लाई २०/२० हजार सहयोग गर्ने बताएका छ्न । धामीले भने “उहाँहरूको छोराको साथी पनि छोरा हुन सक्छन् भन्ने सान्त्वना मिल्ने छ” उनले भने केही गर्छु भनेर जवान छोरा प्रदेश गयो सपना तेहि सपना इजरायलमा चलेको युद्धमा मेटीयो तिनका आमा बुबा र परिवारमा के बित्यो होला । उनले भने मैले जस्तै सानो सक्नेले सहयोग गरीदिनु होला । उनले सामाजिक सन्जालमा लेखेका छ्न (आफू अष्ट्रेलिया छु तर मन भने इजरायलतिरै छ तीनै नेपाली सन्तानहरूको जीवनको पार्थनामै,उद्दारको अनुरोधमै मैँले तीन रात छट्पटिमै बिताएँ तर पनि मेरो केही लागेन,केही गर्न सकिनँ यो गुनासो त छँदैछ ।तर यो दुःखद घडीमा म आँसु बन्न चाहान्न, ती आमाबुबा रोएको भिडियो शेयर गरेर अरूलाई रूवाउन चाहन्न अब यत्ति चाहन्छु तीनै आमा बुबा जसले देशको असल कृषि विज्ञ गुमाउनु भयो उहाँहरूको निम्ति थोरै भएपनि सान्त्वना बन्न पाइयोस् हौसला दिन सकूँ।यसरी बिरानो मुलुकहरूको युद्दमा आफ्ना निर्दोष सन्तानहरू गुमाउनुको पिडा कति छ त्यसको कल्पना म गर्न सक्दिनँ) ।

स्थायी घर अछाम भएका छत्र बहादुर धामी १ वर्ष अघि अध्ययनको सिलसिलामा अष्ट्रेलिया गएका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.