Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लम्कीचुहाको पदस्थापन कार्यक्रम

User Photo
शनिबार, अशोज ९, २०७८
कैलाली ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) स्थानिय पालिका कार्यसमिति लम्कीचुहाको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगर शिक्षा समितिका सदस्य तथा राष्ट्रिय नमुना माविका प्रधानाध्यापक लोकराज पन्थी रहेका थिए ।


अतिथिमा प्याब्सनका निवर्तमान अध्यक्ष गोविन्द शाह , एकिकृत अखिल नेपाल शिक्षक संगठन लम्कीचुहा अध्यक्ष शिव बहादुर थापा, शिक्षकहरू एकेन्द्र बिष्ट, राजेन्द्र भण्डारी, लम्की जेसीजका अध्यक्ष घनश्याम डांगी लगायतका अतिथि रहेका थिए ।

निर्वाचन समितिका सदस्यहरू हेमन्त कुमार बस्नेत र केशव थापा रहनु भएको थियो ।  लम्कीचुहा नगरपालिका प्याब्सनको अध्यक्षमा मोहनराज ढुंगाना, उपाध्यक्ष रज बहादुर थापा, सचिव भुपेन्द्र तिमिल्सैना, कोषाध्यक्ष जनक बहादुर बिष्ट, सदस्यहरू वेदराज तिमिल्सैना, जगत रेग्मी, फिरु चौधरी ७ सदस्यीय कार्य समिति रहेको छ भने कार्य समितिको पहिलो बैठकले १ सदस्य मनोनीत गर्ने उपाध्यक्ष थापाको जानकारी दिनुभयो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि पन्थीले प्याब्सनले सबैको अपनत्व हुने काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालय राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेको बताए ।

संस्थागत विद्यालयका कमीकमजोरी भए औल्याउँनु पर्ने र आगामी दिनहरूमा सुधार गरेर जान सहज हुने ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक केशव थापाले बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.