Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लम्कीचुहाको पदस्थापन कार्यक्रम

User Photo शनिबार, अशोज ९, २०७८
कैलाली ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) स्थानिय पालिका कार्यसमिति लम्कीचुहाको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगर शिक्षा समितिका सदस्य तथा राष्ट्रिय नमुना माविका प्रधानाध्यापक लोकराज पन्थी रहेका थिए ।


अतिथिमा प्याब्सनका निवर्तमान अध्यक्ष गोविन्द शाह , एकिकृत अखिल नेपाल शिक्षक संगठन लम्कीचुहा अध्यक्ष शिव बहादुर थापा, शिक्षकहरू एकेन्द्र बिष्ट, राजेन्द्र भण्डारी, लम्की जेसीजका अध्यक्ष घनश्याम डांगी लगायतका अतिथि रहेका थिए ।

निर्वाचन समितिका सदस्यहरू हेमन्त कुमार बस्नेत र केशव थापा रहनु भएको थियो ।  लम्कीचुहा नगरपालिका प्याब्सनको अध्यक्षमा मोहनराज ढुंगाना, उपाध्यक्ष रज बहादुर थापा, सचिव भुपेन्द्र तिमिल्सैना, कोषाध्यक्ष जनक बहादुर बिष्ट, सदस्यहरू वेदराज तिमिल्सैना, जगत रेग्मी, फिरु चौधरी ७ सदस्यीय कार्य समिति रहेको छ भने कार्य समितिको पहिलो बैठकले १ सदस्य मनोनीत गर्ने उपाध्यक्ष थापाको जानकारी दिनुभयो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि पन्थीले प्याब्सनले सबैको अपनत्व हुने काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालय राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेको बताए ।

संस्थागत विद्यालयका कमीकमजोरी भए औल्याउँनु पर्ने र आगामी दिनहरूमा सुधार गरेर जान सहज हुने ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक केशव थापाले बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.