Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सरकारले पायाे सुराक, ओली र प्रचण्ड निकटका मन्त्री लक्षित गरी आक्रमण गर्ने विप्लवकाे तयारी

शंकास्पद दुई व्यक्ति गिरफ्तार, सञ्चारमन्त्री बाँस्कोटा लगायत टार्गेटमा

बुधबार, मंसिर १८, २०७६
काठमाण्डाै ।

नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.