Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

किसानको रकम भुक्तानी नगरेसम्म चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार

User Photo बुधबार, माघ ८, २०७६
काठमाण्डाै ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थिए ।

तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.