लम्कीचुहा नगरपालिका वडा नम्बर- १ भुरुवा र तिल्केनी टोलका ८ परिवारलाई आज राहत स्वरुप चामल उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाको सक्रियतामा दैनिक मजदुरी गरि खाने, बिपन्न्न तथा एकल महिलाको परिवारलाई व्यक्तिगत रुपमा सहयोगीदाताहरुले उपलब्ध गराएको चामल सहयोग हस्तान्तरण गरिएको हो ।
दैनिक मजदुरी गरि खाने, बिपन्न तथा एकल महिलाहरूको परिवारमा लकडाउनका कारण चुलो नबल्ने भएपछि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का सामाजिक अभियन्ता कृष्ण बटालाले ३ कट्टा चामल, ॐ सत्य साई गहना पसल लम्कीका प्रोपराटर राजीब शाहले ३ कट्टा चामल र महेन्द्रनगर निवासी लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले २ कट्टा चामल सहयोग उपलब्ध गराउनु भएको थियो ।
उक्त सहयोग सामग्री लम्कीचुहा-१,भुरुवाका रन्जिता चौधरी, कमला चौधरी, हिरा चौधरी, सरस्वती चौधरी, प्रीया चौधरी, कौशी धमाला, सरस्वती जैशी र तिल्केनीका बसन्ती बस्नेतलाई प्रति परिवार २५ केजी दरले चामल सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
