आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्।
इलाम सूर्योदय नगरपालिका–३ स्थायी घर भई हाल भद्रपुर नगरपालिका–१० मा बस्दै आएका ४६ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले विगत चार वर्षदेखि छोरीमाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो पटक असोज २७ गते बिहान ९ बजे भद्रपुर नगरपालिका–७ स्थित एक स्थानीय व्यक्तिको कोठामा बालिकामाथि करणी भएको उजुरी परेको थियो।
जवरजस्तीकरणी सम्बन्धि निवेदनका आधारमा प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
