Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएकाे महेश बस्नेतकाे भनाइ

User Photo सोमवार, बैशाख २२, २०७७
काठमाण्डाै ।

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन् ।

राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् । आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुटो आरोप लगाएर फसाउन खोजिएको बताए ।

डा. यादव लगायतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रक्रियामा सहभागी हुने चाहना पनि व्यक्त गरेको उनले दावी गरे । प्रक्रियामा सहभागी हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको सांसद बस्नेतले बताए ।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफूहरुलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए ।

‘हामीले कल्पना समेत गरेका थिएनौँ । पूर्वप्रधानमन्त्री, झन् पिएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर उहाँले यस्तो गम्भीर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उनले भने ।

पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झठो आरोपले आफू र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुबै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उलंघन भए/नभएको यकीन गरिने बताए ।

यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याउनुभएको थियो ।

यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए । यद्यपि सोमबार भने सरकारी वकिल कार्यालयले भने डा. यादवको जाहेरी दर्ता गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.