Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

युवा एक शब्द, एक खुकुरीका दुई धार

हेमन्त बहादुर शाह शनिबार, मंसिर २९, २०८१

वर्तमान परिपेक्षलाई नियालेर हेर्दा युवा पिढिको अवस्था निकै दयनिय देखेको छु मैले । भविष्यमा सफल हुने लक्ष्य लिएको युवाले सधै आफु र समाजलाई सकरात्मक रुपमा देख्छ र आफुभन्दा पछिल्लो पिढीलाई पनि सकारत्मक बाटो तिर डोर्याउन खोज्छ । पछिल्लो समयमा युवाको अवस्था नियाल्दा दुई किसिममा सो अवस्था लाई बुझ्न सके,एक आफु र समाजमा सकारात्मकता र अर्को ठ्याक्कै उल्टो, नकरात्मकता ।

आफ्नो भविष्य सकारात्मक रुपमा देखेर अघि बढ्छ भने नकरात्मक सोच भएको युवाले आफु,समाज,परिवार,सबैलाई नकरात्मक रुपले हेरेको हुन्छ । हाम्रो समाज घर,जग्जा,किन्नु,गाडि किन्नु लाई मात्रै सफलता हो सोच्ने गर्छ,यो हाम्रो समाजको यथार्थता हो । त्यहि सोचमा हाम्रो परिवारले पनि कहिले काही यो विषयवस्तुमा प्रश्न चिन्हहरु खडा गरेका थुप्रै उदाहरणहरु छन् । माथि खण्डन गरिए जस्तै सकारात्मक युवाले कसैको भलो गर्न नसके पनि कसैको कुभलो पनि गदैन । आफू आफ्नो लक्ष्यतिर डोरिरहेको हुन्छ । तर नकरात्मक युवाको लक्ष मात्र परिवार, समाजलाई दुःख दिनु, विथोल्नु, चोरी गर्न,छोरीचेलीलाई नराम्रो दृष्टिकोणले हेर्नु रहेका हुन्छन् । सो नगर्न उसको मनले मान्दैन र जस्ता गतिविधि अन्तः त्यसको परिणाम कानुन हुन्छ, जसकारण उसले अरुलाई पनि दुःखी बनायो र आफुले आफुलाई पनि दुःख दिईरहेको हुन्छ ।

“खोला पार गाए पश्चात चेलाले गरुलाई प्रश्न गरेछ, गुरु तपाई आफैले मलाई आदर्शवाद सिकाउनु हुन्छ अनि आफैले ति वेश्या युवतीलाई किन पार गरिदिनु भयो ? भन्दा गरुले भन्नुभएछ; मैले ति युवतीको परिश्थितिलाई पार गरेको हो मैले उसको सुन्दरता र वेश्यवृतिलाई पार गरेको होईन,भन्नु भएछ” । त्यस्तै सकारात्मक र नकारात्मक युवामा माथिका गुरु र चेला बराबर फरक छ । सकारात्मक युवाले कुनै पनि विषयको परिस्थिती अनुसार क्रियाकलाप गर्छ र नकारात्मक युवाले कुनै एक नकारात्मक विषयलाई समात्छ ।
“विचार एक त्यस्तो शब्द हो, जसले कसैलाई स्वर्ग र कसैलाई नर्क पुर्याउँछ ।”

त्यसै सन्दर्भलाई लागी तुलना गर्दा सकारात्मकता भएको युवा ईमान्दारिता, लगनशिलता, आफु, परिवार र समाजलाई सकारात्मक रुपमा लैजान सधै चिन्तित रहन्छ । अघि जोडिएको सन्दर्भ घर , जग्गा, गाडी मात्रै सफलता होईनन् । एउटा आफ्नो भविष्यका लागी सकारात्मक लक्ष्य बाकेको युवाको लागि घर, जग्गा, गाडी मात्रै सफलता नभई उसंग भएको ज्ञान, सिप, ईमान्दारिता, लगनशीलता हो मेरो विचारमा नै सफलता वर्तमान परिवेशका गलत बाटोमा लागेका युवाको गतिविधि हेर्दा निकै दुःख लाग्छ । युवा देशको मुटु हो । देशको भविष्य युवाले नै कोर्छ भने त्यहि युवा लाई आफ्नै भविष्य कता जाने भन्ने कुरा टुङ्गो छैन समाजमा व्यावहार,शिक्षा,संस्कार,सामाजिकिकरण भन्दा पनि त्यसको विपरित भाव,कार्यले समाजका कलिला युवाहरुमा हावी गरिएको छ ।

जसका कारण उनिहरु आफ्नो भविष्यको नै समयमा समाज विथोल्ने, नशालुपदार्थ सेवन गर्ने,चोरि डकैति गर्ने क्रियाकलापमा संलग्न हुन थालेका छन् । यसको मुख्य कारण एक परिवारको आफ्नो बच्चा प्रतिको निगरानि मा कमि हुनु हो । सानो उमेरमा बच्चा प्रतिको निगरानिमा राख्दैनन र अलि ठुला हुँदासम्म उसको अभिभावकलाई समेत धम्की दिन पुग्छ । युवा गलत हुनुको कारण पारिवारिक संस्कारको कमिका कारण, शैक्षिक क्षेत्रमा राजनैतिक प्रवेश तथा व्यवस्थापनमा गैर् जिम्मेवारीका कारण साथिभाई मा नकरात्मक भावका प्रभावका कारण एउटा सक्षम र ईमानदार युवा पनि नराम्रो बन्दै गई रहेका उदारण हरु समाजमा थुप्रै देखिएका छन् । युवालाई सकारात्मक र नकारात्मक दुई धाराका उदारणीय रुपमा प्रश्तुत गर्दा “एउटा गुरुले उसको चेलालाई नकारात्मक बोल्नुहुन्न,गर्नुहुन्न भनि सिकाएछन् ,त्यसको केहि समयपश्चात एउटी वेश्याले चेलालाई खोला पार गर्न अनुरोध गरिछन् र चेलाले आफ्नो गुरुको बचन समझे छ र ति युवतिलाई खोला पार गर्न अश्वीकार गरे छ । त्यसै समयमा गुरु खोलाकै नजिक पुग्दा गुरुले ती युवतीलाई खोला पार गराईदिएछन् ।

“खोला पार गाए पश्चात चेलाले गरुलाई प्रश्न गरेछ, गुरु तपाई आफैले मलाई आदर्शवाद सिकाउनु हुन्छ अनि आफैले ति वेश्या युवतीलाई किन पार गरिदिनु भयो ? भन्दा गरुले भन्नुभएछ; मैले ति युवतीको परिश्थितिलाई पार गरेको हो मैले उसको सुन्दरता र वेश्यवृतिलाई पार गरेको होईन,भन्नु भएछ” । त्यस्तै सकारात्मक र नकारात्मक युवामा माथिका गुरु र चेला बराबर फरक छ । सकारात्मक युवाले कुनै पनि विषयको परिस्थिती अनुसार क्रियाकलाप गर्छ र नकारात्मक युवाले कुनै एक नकारात्मक विषयलाई समात्छ ।
“विचार एक त्यस्तो शब्द हो, जसले कसैलाई स्वर्ग र कसैलाई नर्क पुर्याउँछ ।”

नेपाल सरकार राजनैतिक प्रतिनिधित्वले चलेको हुनाले राजनैतिक क्षेत्र पनि देश विकासको मेरुदण्ड मानिन्छ । तर राजनैतिक दलका धेरै जसो नेताहरुले राम्रो सोच भएका युवाहरुको खोजी नगर्नु, खराब र हिंसात्मक सोच भएका युवाहरुको खोजी खोजी प्रोत्साहन गर्नु राजनैतिक क्षेत्रको आजको प्रमुख कार्य मानिन्छ ।

गलत गरिरहेका युवाहरु राजनैतिक संरक्षणमा रहि उनीहरु बारम्बार अपराध र गाल्ति गरि रहन्छन् र समाजलाई असर गरिरहन्छन् र कानुन, समाज, सोझा माथि नकारात्मक व्यक्तिका अगाडि राजनैतिक क्षेत्रले अन्याय र न्यायमा बारम्बार हस्तक्षेप र हावि गरि रहन्छ । यसकारण पनि विग्रेको युवा सुध्रिनुको सट्टा झन बिग्रिर्दै अपराध गर्दै, अपराध गर्न अरुलाई सिकाउन, आफूलाई पहुँचवाला हुँ भनि सोचनिय रुपमा प्रेरित हुन्छ र तिनै राजनैतिक दलका नेताहरु नै सरकारमा जाने हुनाले वर्तमान परिवेशका विग्रिदो अवस्थाका युवालाई सरकार र कानुनले पनि सुधार गर्न सकेको छैन । विकास,सुधार,भविष्य सवै विचारमा निहित हुन्छन् । विचारलाई दुई किसिमले विश्लेषण गर्दा सकारात्मक विचार सकार्त्मक भविष्य तिर डोरिन प्रेरित गर्छ र नकारात्मक विचारले एकदिन व्यक्ति आफुले आफैलाई खाल्डो भित्र पुरि दिन्छ ।

अन्तः युवा देशपरिवर्तनको संवाहक हो,देशको मुटु हो, यसर्थ युवा सकारात्मक जाँगरण,विचार,शिक्षा क्षेत्रमा अब्बल बन्न आवश्यक छ ।

# कैलाली # लागुऔषध # विचार

Writer Image

हेमन्त बहादुर शाह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.