Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

कैलालीको मोहन्याल गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास

User Photo सोमवार, मंसिर २२, २०७७
मोहन्याल गाउँपालिका कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिकामा आज १० शैयाको अस्पताल शिलान्यास गरिएको छ ।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ को सोल्टामा अस्पताल शिलान्यास गरिएको हो ।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती कैलालीका प्रमुख सुर्य बहादुर थापा रहुनु भएको थियो।
बिशिस्ट अतिथीमा गाउँपालिका अध्यक्ष नवलसिंह रावल रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले जनताका सपना साकार हुदै गएका र थप सपना साकार गर्न जनप्रतिनिधि अहोरात्र लागी परेको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष रावलले अब स्वास्थ उपचार पाउन मोहन्याली जनताले धेरै कष्ट गर्न नपर्ने बताउनु भयो ।
वडा नम्बर ६ का अध्यक्ष टिकाराम भण्डारीले चुनाबताका आम जनताले मन पराएको ” एउटा गाउमा एउटा डाक्टर कार्यक्रम आयो, मुट , क्यान्सर मिर्गौलाको फिरी दवाइ पायो”भने गित अब ब्याबहरमै चरितार्थ भएको भनेर जनता संग खुशी साट्नु भयो। कार्यक्रममा

वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बोगटी , ७ का अध्यक्ष खर प्रसाद अधिकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण शर्मा, पुर्ब प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशी, पार्टी प्रतिनिधिको रुपमा नेकपा र नेपाली काङ्ग्रेस का साथै गाउपालिका अन्तर्गतका बिषगत शाखा प्रमुखको उपस्थिति रहनु भएको मोहन्याल गाउपालिका रोजगार संयोजक एकेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.