Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

लम्की चुहामा आयोगलाई समय मै खर्च बुझाउनेमा स्वतन्त्र मेयरका उम्मेदवार  बटाला र नेमकिपाका रावल मात्र

User Photo बिहिबार, अशोज ६, २०७९
काठमाण्डौ ।

लम्कीचुहा नगरपालिकाबाट,निर्वाचन आयोगलाई समयमै खर्च बुझाउनेमा स्वतन्त्र मेयरका उम्मेदवार कृष्ण बहादुर बटाला र नेमकिपाका मेयरका उम्मेदवार रमेश कुमार रावलले  मात्र  रहेको निर्वाचन आयोगले जनाएको छ ।
कैलालीको लम्की चुहा नगरपालिकामा विजयी सुशीला शाही सहित निवर्तमान नगरप्रमुख महादेव बजगाई,मदन राज उपाध्याया,महेन्द्र उपाध्याया,देशराम चौधरी,धर्मराज जैशी,उदय राम भाट र दिपक रावललाई निर्वाचन आयोगले ४ लाख ५० हजार जरिवाना छ ।
उप–प्रमुखमा विजयी  जुना चौधरी सहित पराजित उम्मेदवार जानकी कुमारी सिंह,जानकी उपाध्याय,पुष्पा शाही,र भावना शाहीलाई पनि ४ लाख ५० हजार जरिवाना गरिएको छ।

८८ पालिका रहेको सुदूरपश्चिमका १सय ७१ गाउँपालिका अध्यक्ष र १ सय २ उपाध्यक्षका उम्मेदवारले चुनावी खर्च विवरण नबुझाएको निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा छ। यस्तै १ सय २९ नगरप्रमुख र १ सय २ उपप्रमुखका उम्मेदवारले पनि चुनाव खर्चको विवरण आयोगलाई नबुझाएको पाइएको छ। चुनाव भएको ३० दिनभित्र तोकिएको ढाँचामा खर्च विवरण बुझाउन अटेरी गर्नेलाई निर्वाचन आयोगले जरिबाना तोकेको छ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा सुदूरपश्चिमका ५ सय ५ पालिका अध्यक्ष/उपाध्यक्ष  तथा प्रमुख/उपप्रमुखले निर्वाचन आयोगमा चुनाव खर्च विवरण नबुझाएका हुन्। कानुनअनुसार सबै उम्मेदवारले चुनाव सकिएको ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्नेमा अटेरी गर्ने ५ सय ५ जनालाई जरिबाना तोकिएको छ।
निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उपमहानरपालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवारलाई जनही ५ लाख ५० हजार जरिबाना तोकेको छ। नगरपालिकाको प्रमुख/उपप्रमुखलाई ४ लाख ५० हजार र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षलाई ३ लाख ५० हजार जरिबाना तोकेको छ।

कानुनअनुसार सबै उम्मेदवारले चुनाव सकिएको ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ ।
निर्वाचन आयोगले तोकेको जरिबाना नबुझाएमा निर्वाचित भए स्वतः पद जाने तर चुनाव हारेको छ भने आगामी ६ वर्षसम्म उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.