
किसानकाे सबै भन्दा खुसीकाे क्षण भनेकै खेती भित्र्याउदाकाे हाे । लामाे समयकाे लगानी पछी मात्र किसानकाे मेहनतकाे फल प्राप्त हुन्छ, नकी अरू व्यवसाय जस्ताे आज घाटा भए भाेली नाफा हाेला भन्ने हुदैन । तिनै फसलमा कयाैं सपनाहरू लुकेका हुन्छन, घर खर्च चलाउने, छाेरा छाेरी पढाउने आदी । महिनाै पछी आफ्नाे पसिना, धैर्यता र मेहनतकाे फल जव टिप्नेबेला हुन्छ, त्यही खुसीका लागी लामाे दुख विर्सिन्छन, माटाेमा पशिना बगाउनेहरू ।
तर जव त्यही खुसी टिप्न नपाउदै छताछुल्ल पाेखिन्छ, के वित्छ हाेला किसानकाे जिन्दगीमा? यस्तै अन्याय भयाे, झापा बुद्धशान्तिका सुर्यकुमार भट्टराई माथी। महिनाैकाे लगानी बालुवामा पानी खन्याए झैं हरायाे केही घण्टामै । कुनै प्राकृतिक विपत्तीले हैन, कसैकाे व्यक्तिगत डाह वा रिसिइवीका कारण ।
सुन्दा अनाैठाे लाग्ने याे कारूणीक घटना कम पिडादायक छैन, कम अन्यायपुर्ण छैन, कम विध्वंसकारी छैन । सुर्यकुमारका आँखामा आसु लगातार दुइदिन देखी काटिएका तिनै खरबुजा संगै बगिरहेकाछन । फेरी हेर्छन, टाेलाउछन र तिताे मन पार्दै फेरी आसु बगाउछन ।
मंगलबार राती ८ बजे सुर्यकुमार घर भन्दा झन्डै २ किलोमिटर तल दमार खेतबाट घर फर्के। मोबाइलको रेडियोमा लकडाउन लम्बिएको खबर सुन्दै गर्दा कसैको फोन आयो। ‘भोलीबिहान ५० हजार रुपैयाँ लिएर गाडी आउँछ, २ सय वटा आइस बक्स (खरबुजा) दिनु है’ साहुले भने उनले सहमति जनाउदै फोन राखे।
तर बुधबार बिहानै जब उनी आफ्नो खरबुजा बारिमा पुगे, त्यहाँंको दृश्यले उनी सम्हालिन नसक्ने अवस्थामा पुगे। उनकाे मात्र हैन त्याे दृश्य देख्ने जाे कसैले मन थाम्न र उनलाई सान्तवना दिन सम्म सकेनन । बारिका सबै खरबुजा काटिएका थिए । टिप्न तयार खरबुजा सबै बारीभरी टुक्रा-टुक्रा बनाइएका थिए । खरबुजाका बोट लछारिएका थिए र वारि पटा दले जस्तो थियो।
उनले आफुलाई सम्हालन सकेनन्, आलिमा थ्याच्च बसे। खुइया गर्दै, आसु बगाउदै वडाध्यक्षलाई फोन गरे, घटना सुनाए। निरन्तर काटिएका खरबुजा संगै बारिमै राेइरहे । केहीबेरमा जनप्रतिनिधि र प्रहरी आए, मुचुल्का उठाए, गए ।
आफ्नो बारिमा कति क्षति भयो भन्दा पनि उनी केही बाकी नरहेकाे बताउछन । उब्जनीबाट केही पाएकै छैनन । बल्ल टिपेर वेच्ने तयारी हुदै थियाे । उनी भन्छन्, ‘मन लागे जती खाएर अरू छाेडिदिए पनि केही थिएन, कुन पापीले यस्ताे गर्याेहाेला ।’
*********
कोरोनाका कारण विश्व नै लकडाउनमा छ। कृषकलाई आफ्ना फसल टिप्न र बेच्न मुस्किल परेको छ। सुर्यकुमारले गत मङ्सिरमा ५६ हजार प्रती केजि पर्ने खरबुजा ३० हजारमा लिजमा लिएको जग्गामा लगाएका थिए । उनकाे सबै मेहनत, आशा र भराेसा यसैमा थियाे । उनकाे नत अरू कुनै व्यबसाय छ, न त खान र खर्च धान्न अरू खेतिपाती वा जमिन । उनि सँग आफ्नो भन्ने ३ कठ्ठा जग्गा छ,सुनमाइ डाडामा। सानो घर एउटा कुखुराको खोर अनि केहि बाख्रा।
एउटा छोरो बिएसी सिआईटी पढाउदैछन दमकमा । छोरी ब्याचलर दोश्रो बर्षमा पढ्दैछन अनि कान्छो छोरो ११ मा। ३ सन्तानको पढाइ खर्च, मासिक रुपमा सहकारी र सयकडा २ रुपैयाँ दरको ब्याज तिर्ने र घरको गर्जो टार्ने एउटै श्रोत खेतीकिसानी हाे ।
५० हजार बराबरको खरबुजा उनी सोही दिन बेच्ने तरखरमा थिए । काटिएको खरबुजाको बेर्नो अनि चिचिलाको मूल्य कति हो ? उनले यकिन गर्न सकेका छैनन्।
मङ्सिर यता आफु र आफ्नो परिवारको मिहिनेतको मुल्य, जग्गाको भाडा अनि बिस्कुनसरि खन्याएको मलखाद सबै सबै। जसको मूल्य कसैले पनि भर्न / भराउनै सक्दैन।
१६ बर्ष अघिबाट कृषिकर्ममा लागेका सुर्यकुमारले यसर्पटक देखी खरबुजाकाे खेती पनि सुरूगरेका थिए । थप काम र लगानी गरेका उनी यसपाला १०-१५ लाख रुपैयाँ कमाएर खेतीयोग्य जमिन किन्ने योजनामा थिए। ‘केटाकेटीको पढाइ खर्च जुटाएर खेत किनौला भन्ने थियो, सब चौपट भयो ।’ उनी भन्छन् ‘राती घर जादा सबै ठिकै थियो, बिहान आउँदा न खरबुजा छ न बेर्ना। मैले अब कसरी छोराछोरी पढाउनु, कुन पैसाले साहुलाई फर्स्याउनु ?’ अव सुर्यकुमार संँग छाेराे छाेरीकाे शुल्क तिर्न, घर खर्च चलाउन, साहुलाई दिन मात्र पिडा छ, आँसु छ ।
यो सिजनको खेतिमा उनले यस अघि पनि क्षती बेहाेरेका थिए । केही समयअघि परेको असिना पानीले उनका हुर्कदै गरेका विरुवा भाचेपछी, चियाका मुना पलाउन गरिने स्प्रे गरेर मल थपेका थिए। जसले उनलाई माथी उठ्न विश्वास थपेकाे थियाे, जसाेतसाे फलेका खरबुजा हेर्दै प्रकृतीले दिएकाे दुख भुल्दै थिए । तर याे पटक प्रकृतीले हाेइन, कुन दुष्टले सबै सखाप पारिदियाे ।
लकडाउनले गर्दा घरबारिमा लगाएको टमाटरले पनि बजार पाउन सकेन। उनी भन्छन् ‘खरबुजाबाट केही होला सोचेको थिए, कुन अपराधीले सबै सखाप पारिदियो।’
शुक्रवार अपराह्न उनी श्रीमती सहित बारिमा काटिएका खरबुजा भेला गरेर पुर्ने तयारीमा थिए। उनी मात्रै हाेइन, वरपर भएका मानिसहरु समेत भावबिह्वल थिए, सबैका आँखामा आँसु रसाएका थिए , मानौं त्यहाँ कसैको शव पुरिदै छ।
६ महिनाको आफ्नो र परिवारको पसिनालाई उनीहरू नै आफ्नो पसिना र आशुले पुर्दै थिए।
‘नहुने क्षति त भैसक्यो, अब सरकारले ती फटाहालाई पक्राउ गरे मेरो मनले शान्ति पाउथ्यो’ निधारको पसिना पुछ्दै उनले भने ।
अब डर थपिएकाेछ, आट हराएकाे छ तर पनि बाँकी रहेको टमाटर र खरबुजा जोगाउन उनी दमार खेतको सानो कटेरोमा छानो लगाउने कुरा सुनाउदै थिए।
कसले गर्यो होला विध्वंस ?
अघिल्लो दिन साँझ सुर्यकुमार बारिमा गोडमेल गर्दैथिए। एक किशोरी खरबुजा किन्न भन्दै आईन। सुर्यकुमारले नयाँ फसल टिप्न सुरु नगरेकाले दिन नमिल्ने बताएका थिए । ती किशोरीले केहिबेर जिद्दी गरिन तर सुर्यकुमारले बिक्री शुरु नभएकाले दिन नमिल्ने बताएपछी रिसाउदै फर्केको उनले बताए । कसले किन यस्ताे गर्याे उनले केही अनुमान लगाउन सकेका छैनन ।
अघिल्लो बर्ष पनि सोही क्षेत्रमा अर्का एक कृषकको खरबुजा नष्ट भएको थियो। स्थानियको सकृयतामा अपराधी पत्ता लाग्यो। तत्कालै प्रहरिले कारवाही गरेर बिगो भराएको थियो।
सो टोलिले फेरि बिनास गरेको होकि भनेर अनुसन्धान गरेको तर कुनै प्रमाण नभेटिएको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार याे घटना बारे अनुसन्धान भइरहेको छ।
विगतका घटेका घटनाकाे कारवाहिमा चुस्तता नहुदा घटना दाेहाेरी रहेकाछन- वडाध्यक्ष
सुर्यकुमारले लगाएको खरबुजा बुद्धशान्ति -६ मा भएपनी उनको बसोबास ७ न. वडामा पर्छ, यसले पनि गलत गर्नेलाई सजिलाे भयाे ।
याे घटनाकाे बारेमा सत्य तथ्य पत्ता लगाइ किसानलाई न्याय दिन जनप्रतिनिधिले पनि सक्रियता देखाएकाछन । घटनाकाे मुचुल्का उठाउने देखी क्षतिपूर्तिका लागी पहल गर्न वडाध्यक्ष मातृकाप्रसाद पौडेल लागिरहेकाछन्।
वडाध्यक्षलाई केही व्येक्तिहरूमाथी शंका पनि छ । वडाध्यक्ष पौडेल भन्छन्, ‘अहिले घटना भएकाे बारी भन्दा करिव २ सय मिटर माथी सिलट्याप छ। त्यहाँ नियमित रुपमा पौडि खेल्न किशोर-किशोरीहरु आउने गर्छन्। पटक पटक नियन्त्रणको प्रयास भयो, सम्भव भएन। तिनिहरुले नै यस्तो हर्कत गरेको हुनसक्छन’।
प्रहरीले कारवाहिमा चुस्तता नदेखाउदा पनि यस्ता घटनाहरु दोहोरिएको उनकाे दाबी छ। ‘गाजा खाएको र गम्भीर झगडाका मुद्दामा पनि प्रहरिले सामान्य सम्झाएर पठाइदिन्छ, उनिहरुलाई त्यसले प्रसय मिलिहाल्यो नि’, उनले भने।
प्रहरी के भन्छ ?
याे घटनामा शंकास्पद सबै क्षेत्रमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख युवराज राई भन्छन् ‘शंकास्पद सबैक्षेत्रमा अनुसन्धान जारी छ।’
स्थानिय निकायले क्षतिपूर्ति दिन्छ
बुद्धशान्ति वडा नम्बर ७ का वडाध्यक्ष मातृकाप्रसाद पौडेलले पिडितलाई चाडै क्षतिपूर्तिको व्यवस्था गर्ने बताएकाछन। उनले भने, ‘गाउँपालिका अध्यक्ष र कृषि शाखालाई जानकारी गराएका छौँ, क्षतिपूर्ति उपलब्ध गराउने बिषयमा उहाँहरु सकारात्मक नै हुनुहुन्छ, चाडै नै निर्णय गर्ने छौं।’
यस्ताे गर्ने अपराधीलाइ कारवाही हुनै पर्छ ।
कृषकलाइ दुख दिने एक दिन खान नपाएर मर्छ । पक्कै पनि त्याे ति काटिएका फलफुलझै काटिन्छ ।
धन्यवाद
सबै गाउले, स्थानिय प्रहरी र गाउपालिकाले चाहे र पहल गरे यस्ताे गर्ने भेटिन्छ, कारवाही भएकाे समाचार पनि पढन पाइयाेस । जय कृषक !
सहि हाे ।