Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना महामारीमा पनि जनप्रतिनिधिलाई भ्रमण भत्ता

User Photo बिहिबार, फाल्गुन १३, २०७७
काठमाण्डाै ।

बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता बुझेको देखाएको छ। उनीहरूले आफ्नै गाउँपालिका र जिल्ला जाँदा पनि दैनिक भत्ता लिने गरेको छानबिनमा भेटिएको छ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत (साविक प्रमुख कार्यकारी अधिकृत) नवीनकुमार श्रीवास्तवसहित वडाध्यक्षले मिलीजुली बजेट हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ। उनीहरूले लाखौं रकम निकासा लिई गाडी सुविधासमेत लिएका छन्। गाउँपालिकाभन्दा १० किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम कलैयामा आवास सुविधा लिएको भेटिएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र लेखापाल प्रिन्सकुमार साहलाई गाउँपालिकाको निर्णयबिनै सदरमुकाममै घर र कोठा भाडामा लिएर राखिएको छानबिनमा देखिएको छ।

०७६/७७ को गाउँसभा सञ्चालन गर्न विशेष निर्णयको ४ नम्बरमा गाउँपालिकाको कार्यालय प्रयोजनका लागि १ थान चारपांग्रे सवारी साधन लिने निर्णय गरेको देखिए पनि प्रमुख कार्यकारी अधिकृतलाई गाडी सुविधा दिने निर्णय भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष यादवले भ्रमण प्रतिवेदन नबनाई १० हजार ६ सय, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले ४५ हजार भ्रमण भत्ता लिएको प्रतिवेदनमा देखिएको छ। श्रीवास्तवले त मेला व्यवस्थापनका नाममा पनि भत्ता बुझेका छन्। वडाध्यक्ष रञ्जितप्रसाद यादवले काठमाडौं आएको भन्दै २६ हजार ५, चितवन आएको भन्दै ९ हजार भ्रमण भत्ता बुझेको जनाइएको छ। अर्का वडाध्यक्ष राम एकवाल साहले १० हजार, महेन्द्र राउतले ९ हजार ७ सय, विजयकुमार सिंहले १४ हजार, शिवधारीदास तत्माले १० हजार १ सय, दोलेन्द्रप्रसाद यादवले ४ हजार, रोजगार संयोजक सुदीप मण्डलले १० हजार ७ सय भ्रमण भत्ता लिएका हुन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.