Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

कैलालीको लम्कीचुहा- १, थपालीपुरको कालोपत्रे सडक २ महिनामै भत्कियो

User Photo सोमवार, अशोज ४, २०७८
लम्कि, कैलाली ।

ज्योति सुनार,लम्की कैलाली,,कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १ थपालीपुरको कालोपत्रे सडक २ महिनामै उप्किएको छ, ठाउँ ठाउँमा चर्किएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग देखी उत्तर पट्टीको थपालीपुर बि टोल खल्यान सम्मको सडक दुई महिना मै उप्किएको छ । घरको आँगन मै कालोपत्रे आएपछि जनता निकै खुशी थिए तर कालोपत्रे सडक बनेको दुई महिना मै उप्किए पछि स्थानिय आक्रोशित भएका छन ।

सडक देखाउन नभएर टिकाउ चाहिएको हो तर लम्कि चुहाका अधिकाशं पिज सडकहरु यस्तै छन । मुख्य कमजोरी सरकारको भएको र अब बन्ने पिज सडकहरु देखाउ नभई टिकाउ हुनुपर्ने स्थानियको भनाई छ ।

असारमै गरेको थपालीपुरको कालोपत्रे सडक उप्किन थाले पछि स्थानियले लापरबाही भएको बताएका छन, निमार्ण गर्दा ध्यान नदिनु अनुगमन गर्ने लम्कीचुहा नगरपालीकाका इन्जिनियरले अनुगमन नगर्दा सडकको अवस्था यस्तो भएको स्थानियको भनाई छ ।

बनेको सडकको धेरै भाग ठिक भएपनि सडकमा ठाउँठाउँमा खाल्डा परेको छ चर्किएको ठाउँमा हातले उप्काउँदा सजिलै संग कालेपत्रे सडक उप्किएको छ ।

बि टोलमै भेटिएका केहि स्थानियले व्यक्तिको घर निमार्ण गर्दा ठुला गाडी चडाउदा सडक बिग्रिएको बताएका छन । कालोपत्रे सडकको मापदण्ड हुन्छ । यति चाडै सडक उप्काउँदैन सडकको अवस्था यस्तो हुदाँ पनि जनताका प्रतिनिधिले के हेरे यस बिषयमा लम्कीचुहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम सगंँ कुरा गर्दा असारको पानी पर्ने महिनामा बजेट सक्नु पर्र्ने र ठेकेदार सगंँ सम्बन्ध सक्नु पर्ने अवस्थामा पानी परेकोले सडक बिग्रिएको तर अहिले आएर हाम्रो मालीका एफ.एमले रिपोटिङ गरेपछि सामाजिक संज्यालमा हेरेपछि जुन ठेकेदारले सडक निमार्ण गरेका थिए उनिहरु संग कुरा गरेर सडक पुनः मर्मत हुने वडा अध्यक्षले बताएका छन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.