Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

नेपाल आइडल–लाइभ इन सिड्नी

User Photo शुक्रबार, माघ २५, २०७५

नेपाली रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रवि ओड सहित टप ६ प्रतियोगी सिडनी आइपुगेका छन् ।

शुक्रबार सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा सहभागी हुन सिड्नी आइपुगेका हुन् ।

सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजाना बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरको तुलनामा सिड्नीमा आफूहरूले दर्शकको माया धेरै पाउनेमा ढुक्क भएको बताए।
कार्यक्रममा नेपाल आइडलकी सञ्चालिका रीमा बिश्वकर्माले जनताको मञ्चबाट उठेका र मनबाट रोजिएका कलाकारहरू आफैंमा परिस्कृत भइसकेको बताउदै आफू पनि सिड्नीको दर्शकसँग साक्षात्कार हुन निकै आतुर रहेको बताइन ।

त्यसैगरि नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने साक्षात्कार गर्ने अवसरका रुपमा नेपाली टचले भूमिका निर्वाह गरेको बताए । नेपाली टचका संस्थापक दिपेश पुनले सबै दर्शकको माया र ममताको आवश्यकता रहेको र आफुहरुले समर्थकको साथ पाउने पनि बताए।

मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका सञ्चालक बद्री अर्यालले नेपाली कला, साहित्य अनि भाषाको जर्गेना गर्ने बिषयमा एक्सपर्ट सधै अगाडि रहेको बताए।

नेपाली टचको आयोजानामा हुने सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिस गरिरहेको छ ।

कार्यक्रममा १८ बर्ष माथिका मात्र सहभागी हुन सक्नेछन् । कार्यक्रमको टिकेटका लागि टिकेट प्लसबाट खरिद गर्न सकिने छ । कार्यक्रमको कम्युनिकेसन पार्टनरमा एक्सपर्ट टेलिकम रहेको छ भने कार्यक्रमलाइ एभरेस्ट कम्युनिकेसन तथा एडभान्स कलेज अफ हेल्थले सहयोग पुर्याएको छ ।

कार्यक्रमको भिजा पार्टनरमा इपि एजुकेसन अस्ट्रेलिया, ट्राभल पार्टनरमा बुद्ध ट्राभल एंड टुर्स, हस्पिटालिटी पार्टनरमा इन्द्रेणी फंग्सन सेन्टर तथा लिगल पार्टनरमा डीयम लिगल रहेको छ आयोजाकले जानाकारी गराएको छ । कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन् ।

नेपाल टचले यसअघि पनि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलिया बोलाएर कार्यक्रम गराएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.