Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

रामेछापमा तारा एयरको विमान दुर्घटना, विमानमा थिए १४ यात्रु

ल्यान्डिग गियर फेल भएपछि जहाज रनवेबाट चिप्लिएर बाहिर

User Photo सोमवार, बैशाख ९, २०७६

तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा रनवेबाट चिप्लिएको छ। सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि रनवेबाट चिप्लिएर बाहिर आएको हो ।

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीका कारण त्यहाँ अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । विमानमा १४ जना यात्रु थिए । विमान ठूलो दुर्घटना हुनबाट बँचेको प्रहरीको भनाइ छ ।

राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। विमान रनवे बाहिर गएपछि भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ।

यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।

लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको हो। उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.