जन्ती बसमा आगजनी

बिहिबार, फाल्गुन ३०, २०७५, । 

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कैलालीमा एक जन्तीबसमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, फाल्गुन ३०, २०७५ (March 14, 2019, 11:50 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै