Naya Media
बिहिबार, चैत्र २६, २०८२
| | April 9, 2026
बिहिबार, चैत्र २६, २०८२

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कारवाही हुन्छ- प्रधानमन्त्री

User Photo बुधबार, जेष्ठ २१, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने बताएका छन् । छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।’

मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र । त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।’

हेर्नुहोस् प्रधानमन्त्री ओलीको शुभकामना सन्देश


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.