Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

ब्याङलाेरमा लाखाै नगद र सुन चाेरीकाे आराेपमा लम्की र कालिकाेटका तिन नेपाली पक्राउ

नेपालीले चाेरी गर्दा एक दर्जन नेपाली कुटाइबाट घाईते, तलब समेत नदिइ कामबाट निकालिएकाे दुखेसाे

User Photo बिहिबार, चैत्र ५, २०७७
ब्याङलाेर, भारत ।

विगत एक पाँच बर्ष देखी राेजगारीका शिलशिलामा भारतकाे ब्याङलाेरमा काम गर्दै आएका कैलाली लम्कीचुहा नगरपालिकाका माेहन धामी अहिले प्रहरीकाे कुटाईबाट घाईते अवस्थामा काेठामा आराम गरिरहेका छन ।

काम गर्ने मान्छे नै उभिन नसक्ने गरी घाईते भएपछी श्रीमती, छाेरी सहित तिन जनाकाे उनकाे परिवार ब्याङ्लाेरमा संकटमा परेकाे छ । काेराेना महामारीमा घर फर्केका उनी काेराेनाकै बिचमा फेरी भारत फर्किएका थिए ।

उनी मात्रै हाेइनन, धामी लगायत लम्कीकै कमल जैसी, सेर ब. बुढा, राधिका बुढा र कालिकाेट घर भएका रमेश शाही, सन्ताेस शाही,  शुशिला शाही लगायत एक दर्जन नेपाली प्रहरीकाे निर्घात कुटाईका कारण अहिले काम गर्न सक्ने अवस्थामा छैनन ।

गरिरहेकाे काम बाट समेत निकालिएकाे उनीहरुले बताएकाछन । पाउनु पर्ने तलब पनि साहुले नदिइ उनीहरुलाई बसिरहेकाे ठाँउबाट निकालेर सडकमा पुर्याइएकाे पिडित माेहन धामीले दुख सुनाए ।

आराेपितहरु

पिडित धामी भन्छन, ‘अचानक प्रहरीले काम गरिरहेकै ठाँउबाट उनलाई गाडीमा हालेर लग्याे । प्रहरी चाैकी पुगेपछी थाहा भयाे, केही नेपालीहरुले चाेरी गरेर भागेका रहेछन ।’

केही नेपालीहरुले गरेकाे गल्तीकाे सजाए आफुहरुले भाेग्नुपरेकाे उनीहरुकाे दुखेसाे छ ।

ब्याङलाेरकाे रामपुरा मिश्री तालिया चर्च नजिकै राेयल इन्क्लव २७ अपार्टमेन्टमा भएकाे चाेरीबारे अनुसन्धान गर्न उनीहरुलाई प्रहरीले थाना पुर्याएकाे र निर्घात कुटपिट गरेकाे थियाे ।

एक जना बृद्ध रहेकाे घरबाट ४० लाख भारु नगद र ६०० ग्राम सुन चाेरी भएकाे उजुरी परेपछी प्रहरीले आसपासका धेरै नेपालीहरुलाई चाैकी पुर्याएकाे थियाे ।

चाेरीकाे आराेपमा कालीकाेट घर भएका उदय बिष्ट,  लम्कीचुहा नगरपालिका, कान्छी बजार घर भएका प्रकाश शाही र नाम नखुलेका एकजना प्रहरीले पक्राउ गरिसकेकाे छ ।

चाेरीमा संलग्न केही पक्राउ परेपछी उनीहरुलाई तारेखमा रिहा गरेकाे हाे ।

साथै चाेरी कार्यमा संलग्न लम्कीचुहा, थकालीपुर सिटाेलका बिनाेद बम र हिरा हिक्मत बटाला फरार रहेकाे र प्रहरीले खाेजि गरिरहेकाे छ ।

निर्दाेश भएर पनि घाइते भइ सडकमा पुर्याउने चाेरी गर्नेहरु भएकाले उनीहरुलाई पक्राउ गरी आफुहरुकाे क्षति समेत भराइदिन सम्बन्धित सबैलाई उनीहरुले आग्रह गरेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.