Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरे

User Photo सोमवार, पुस २५, २०७९
कैलाली ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरे संगै कैलालीको लम्कीमा रहेका दुबै बैंकका शाखाहरुले समेत आज बाट एकिृत कारोबार शुरु गरेका छन ।
केन्द्रमा ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार शुरु भएको बैंकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् । भने कैलालीको लम्कीमा  रहेका दुबै बैकका शाखाहरुले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट आज देखि संयुक्त कारोबार शुरु गरेको कार्यक्रमको लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले एक कार्यक्रमका बिच शुभारम्भ गरेकी ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का लम्की शाखा प्रमुख सुवास कडेलल जानकारी दिनु भयो  ।
मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्बभन्दा बढी र कुल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुगेको छ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
दुई बैंकहरुको मर्जरपश्चात कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक बनेको छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.