हामी चाहँदैनौ, आफ्ना जीवनसाथी बिराम भएको । तर, सबै कुरा हाम्रो हातमा हुँदैन । मानिसको शरीर सधै एकनास रहँदैन । कहीले काहीँ दुख-बिराम हुन्छ । रोग लाग्छ । थला परिन्छ ।
किनभने एक त पारिवारिक दायित्व तपाईंमाथि आइपर्छ । अर्कोतिर बिरामी जीवनसाथीलाई स्यहारसुसार गर्नुपर्ने हुन्छ । यसरी दोहोरो जिम्मेवारीलाई एकसाथ निर्वाह गर्न पक्कै सजिलो छैन ।
अहिलेको एकल परिवारमा यो थप जटिल परिस्थिती हो । किनभने घर-परिवारमा आमाबुबा, हजुरबा, हजुरआमा, काका-काकी हुँदैनन् । श्रीमान् र श्रीमति मात्र हुन्छन् । यस्तो अवस्थामा दुईमध्ये एक जना रोगले थलिए भने त्यसलाई व्यवस्थापन गर्न एवं सुल्झाउन निकै गाह्रो हुन्छ ।
भनिन्छ, रोग नै सबैभन्दा ठूलो सत्रु हो । अर्को कुरा, रोग वा संकट बाजा बजाएर आउँदैन । यो अनपेक्षित र अप्रत्यासित रुपमा आइपर्ने दसा हो । त्यसैले यस्ता संभावित संकटलाई कसरी सामाना गर्ने भन्ने कुरामा दम्पतीले मानसिक रुपमा तयारी हुनु आवश्यक छ । नेपाली समाजमा एउटा भनाई चाहि के छ भने, ‘जस्तो पर्छ, त्यस्तै टर्छ ।’ तर, कतिपय कुरामा पूर्व तयारी गर्दा त्यस्ता समस्याहरुको निकास सहज रुपमा खोज्न सकिन्छ ।
जब जीवनसाथीको स्वास्थ खराब हुन्छ, दुख-विराम आइलाग्छ, तब आफुले त्यसलाई डटेर सामाना गर्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा अत्तालिएर वा हतोत्साही भएर वा दुखी भएर केही काम छैन । मनमा दुख आवश्य हुन्छ । तर, त्यसलाई बाहिर प्रकट गर्नु हुँदैन ।
दुख-विराम जो कसैलाई पर्न सक्छ । यस्तो पीडा अधिकांशले छिचोलेको हुन्छ । हामीले मात्र झेल्नुपर्ने होइन । यही सत्यलाई बोध गरेर संयमतापूर्वक समस्याको निकास खोज्नुपर्छ ।
यतिबेला चाहिने सबैभन्दा ठूलो कुरा भनेको धैर्यता हो । किनभने, एकातिर जीवनसाथी रोगसँग जुधिरहेका छन् । उनको उपचारमा खर्च हुन्छ नै । यता आफ्नो नियमित काममा पनि बाधा पुगिरहेको हुन्छ । बालबच्चाको स्यहार-सुसार, पठनपाठनमा पनि ध्यान दिनैपर्छ । अझ बालबच्चालाई ख्वाउने, विद्यालय पुर्याउने जस्ता अतिरिक्त काम पनि थाँती नै हुन्छ ।
यी अनेक किसिमका झन्झटमा हामी जति अत्तालिन्छौं, उत्ति नै काम बर्बाद हुन्छ । त्यसैले धर्यतापूर्वक सही ढंगले काम गर्नुपर्छ ।
जीवनसाथी विराम भएको बेला सामान्यभन्दा बढी प्रेम दर्शाउनुपर्छ । किनभने विरामीले जब प्रेम पाउँछ, उनीहरुमा एक किसिमको उर्जा प्राप्त हुन्छ । यसले उनीहरुमा रोगसँग लड्ने क्षमता बढाउँछ । विरामी निरास, दुखी र हतोत्साही भयो भने त्यसले थप हानी गर्छ । जबकी उनीहरुमा जोश, उमंग भएमा रोगसँग लड्न सक्छन् ।
चिकित्सकहरुले भन्छन् पनि, विरामीलाई उच्च आत्मामनोवलको खाँचो हुन्छ । आत्मामनोवल उच्च राख्नका लागि जीवनसाथीले खास भूमिका निर्वाह गर्नुपर्छ । आफुले जस्तोसुकै अवस्थामा पनि उपचार गर्ने र त्यो संभव तुल्याएरै छाड्ने प्रण गर्नुपर्छ । विश्वास दिलाउनुपर्छ । यस्ता कुराले पनि रोगीको मनमा उत्साह जाग्छ । उत्साहले उर्जा जाग्छ । उर्जाले रोगसँग लड्ने क्षमता बढ्छ ।
विरामीको अगाडि अँध्यारो अनुहार लगाउने, डराउने, थकित हुने, निरास हुने होइन । यसले उनीहरुमा निरासा पैदा गर्छ ।
बरु विरामीसँग हाँसखेल गर्नुपर्छ । उनीहरु के कुरामा खुसी हुन्छन्, के कुराले उनीहरुलाई रामाइलो गराउँछ भन्ने कुरामा आफुले ध्यान दिनुपर्छ । जस्तोसुकै परिस्थितीलाई पनि पचाउने क्षमता आफुसँग हुनुपर्छ । र, यो संकटको क्षणलाई पनि सामान्य रुपमा सामना गर्नुपर्छ ।
विरामी भएपछि आफन्त, चिनेजानेकाहरु भेट्न आउँछन् । यो हाम्रो सामाजिक परम्परा हो । मानविय गुण पनि । तर, मान्छेहरु भेट्न आइरहने । हरेकले ‘कस्तो छ ?’ भनेर सोधिरहने प्रवृत्ति हामीकहाँ छ ।
कतिपयले त विरामीकै अगाडि डर देखाउने कुरा पनि गर्छन् । कतिले हतोत्साही हुने किसिमको व्यवहार प्रदर्शन गर्छन् । यस्ता कुरामा भने जीवनसाथी भएका नाताले आफै सर्तक एवं सजग हुनुपर्छ । भेटघाटका लागि आएका आफन्त, साथीभाईलाई के कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाउनुपर्ने पनि हुनसक्छ ।
रोग लागेपछि धेरै कुरा तहसनहस हुन्छ । पारिवारिक समस्या बढेर जान्छ । छोराछोरीको हेरविचार राम्ररी हुन पाउँदैन । त्यसैले सकेसम्म रोग लाग्नै नदिनु राम्रो हो । कुनै कारणवस आइपर्ने समस्या भनेका हाम्रो हातमा हुँदैन । त्यस्ता समस्याको सामना गर्नैर्पर्छ ।
तर, धेरैजसो समस्या हाम्रै कारणले पैदा हुन्छ । हाम्रो खराब जीवनशैली, खानपान, चिन्तनले यस्तो समस्या आउँछ । त्यसैले संभव भएसम्म स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द