स्पेनिस डिफेण्डर जेरार्ड पिकेले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

आइतवार, साउन २७, २०७५, । 

काठमाडौं । स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए । त्यस्तै २०१२ मा युरो कप जित्दा पनि पिके स्पेनिस टिमका महत्वपूर्ण सदस्य थिए ।

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेण्डर पिके क्याटलान स्वतन्त्रताको पक्षमा लागेको भन्दै बेलाबेला आलोचित पनि हुने गरेका छन् ।

स्पेन रुस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिए लगतै अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय लिएका थिए । तर, बाहिर सार्वजनिक गरेका थिएनन् ।

हालै मात्र स्पेनका नवनियुक्त प्रशिक्षक लुइस इनरिकेलाई भेटेर अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय जानकारी गराएका छन् ।

स्पेनबाट खेल्दा र विश्वकपसँगै युरोकप जित्दाको समय निकै सुन्दर रहेको भन्दै पिकेले भनेका छन्, अब म बार्सिलोनामा केन्द्रित हुन चाहन्छु ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, साउन २७, २०७५ (August 12, 2018, 7:09 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै