Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

जापानमा फेरि आँधी : ८४ जना घाइते, जनजीवन प्रभावित

User Photo सोमवार, अशोज १५, २०७५

जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ८४ जना घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।

मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ ।

‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ ।

आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । यस्तै सात लाख ५० हजार भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.