Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

मोदीले हेलिकोप्टरबाट कालो बाकसमा पैसा बाेकेकाे आशंका, अनुसन्धान गर्न माग

User Photo सोमवार, बैशाख २, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो । कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ । आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् । मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेको थियो ।

शर्माको भनाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भनेको छ, ‘प्रधानमन्त्रीको हेलिकोप्टरसँग अन्य तीन हेलिकोप्टर उडेको हामीले देखेका थियौं । अवतरणपछि एउटा कालो बाकस निकालियो र त्यसलाई एउटा नीजि कारमा राखेर लगियो । बाकसमा के थियो ? यदि त्यसमा रकम थिएन भने त्यसको अनुसन्धान हुनुपर्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.