Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालनकाे कुनै अर्थ छैन- महानगर प्रमुख शाक्य

"आगामी तीन महिनामा सबै समस्याको समाधान हुन्छ"

मङ्लबार, मंसिर २४, २०७६
काठमाण्डाै ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् ।

उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताए । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताए ।

उनले रासससँग कुरा गर्दै भने, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाइ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक छैन, आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।”

करीब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । प्रमुख शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने जनाउँदै सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न पनि सबै अभियानकर्मीसँग आग्रह गरे ।

उनले भने, “दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।” यता सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताए । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हुँदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धुँवामुक्त र हरियालीयुक्तको अभियानमा छ”, प्रमुख शाक्यले भने, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।”


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.